महोत्तरी-३ मा ४१ उम्मेदवार चुनावी मैदानमा

महोत्तरी । आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा महोत्तरीको निर्वाचन क्षेत्र नं ३ मा ४१ उम्मेदवारबीच प्रतिस्पर्धा हुने भएको छ ।
दुई पूर्वमन्त्री, दुई बागी उम्मेदवार र जनता समाजवादी पार्टी नेपालका संरक्षक महन्थ ठाकुरका छोरीसहित जेनजी आन्दोलनपश्चात् परिवर्तको नारा बोकेर आएका राष्ट्रिय स्वतन्त्र पार्टी र उज्यालो नेपाल पार्टीका युवा उम्मेदवारहरूसहित जम्मा ४१ जना चुनावी मैदानमा उत्रेका हुन् ।
यसअघि २०७५ र २०७९ को प्रतिनिधिसभा सदस्य निर्वाचनमा लगातार दुईपटक यस क्षेत्रबाट निर्वाचित तत्कालीन लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालका अध्यक्ष महन्थ ठाकुरले छोरी मिनाक्षीलाई उम्मेदवार बनाएका छन् ।
मिनाक्षीले घरदैलो अभियानलाई सक्रियताका साथ अगाडि बढाएकी छन् । त्यसैगरी यसअघिको चुनावमा ठाकुरका निकटतम प्रतिद्वन्द्वी पूर्वकृषिमन्त्री हरिनारायण यादवले जसपाबाट टिकट नपाएपछि स्वतन्त्र उम्मेदवारी दिएका छन् । उनले पनि घरदैलो अभियान सञ्चालन गरिरहेका छन् । अघिल्लो निर्वाचनकै अर्का स्वतन्त्र उम्मेदवार रामआधार कापरले यसवर्ष पुनः स्वतन्त्र उम्मेदवारी दिएका छन् ।
यसैबीच यसअघिको निर्वाचनमा तत्कालीन लोसपा र महन्थ ठाकुरलाई समर्थन गरेर आफ्नो उम्मेदवारी फिर्ता लिएका कांग्रेसले यसपालि उम्मेदवार खडा गरेको छ । कांग्रेसले यस क्षेत्रबाट बजरङ्ग नेपालीलाई चुनावी मैदानमा उतारेको हो ।
त्यसैगरी नेकपा एमालेका मनोजकुमार सिंह, नेपाल संघीय समाजवादी पार्टीका केन्द्रीय अध्यक्ष एवं पूर्वगृहराज्यमन्त्री मोहम्मद रिजवान, राष्ट्रिय स्वतन्त्र पार्टीका नेता उज्ज्वलकुमार झा, उज्यालो नेपाल पार्टीका नेता रञ्जितकुमार साहलगायत तीन दर्जन बढी उम्मेदवारहरू पनि यसै क्षेत्रबाट चुनावी मैदानमा छन् ।
















ललितपुरबाट पेस्तोलसहित ३ जना सशस्त्र प्रहरीको नियन्त्रणमा
दीपेन्द्र र आरिफको अर्धशतकमा युएईमाथि नेपालको सानदार जित
राष्ट्रपति पौडेलसँग जापानका प्रधानमन्त्रीको शिष्टाचार भेट
राष्ट्रपति पौडेललाई ‘गार्ड अफ अनर’
प्रतिनिधिसभामा समानुपातिकतर्फ तीन हजार १३५ उम्मेदवार कायम
माघ १८ गते आइतबारको राशिफल, कस्ताे रहला तपाइकाे आजकाे दिन ?
आज पनि १३ हजार ४ सयले घट्यो सुनको भाउ
माघ शुक्ल पूर्णिमा, आज एक महिना लामो स्वस्थानी व्रत कथा समापन गरिँदै
मौसम पूर्वानुमान: उच्च पहाडी भेगका एकदुई स्थानमा हल्का हिमपात र वर्षाको सम्भावना
यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर
प्रतिक्रिया