सन्दिप लामिछाने भाेलि दक्षिण अफ्रिका जाने

काठमाडौं । क्रिकेटर सन्दिप लामिछाने र नेपाली राष्ट्रिय टिमका कोच मोन्टी देसाई सोमबार साँझ दक्षिण अफ्रिका प्रस्थान गर्ने भएका छन् । सन्दीप विश्वकप छनोटको अभ्यास खेल खेल्न भोलि दक्षिण अफ्रिका जाने भएका हुन् । उनीसँगै प्रशिक्षक देसाई पनि अफ्रिका प्रस्थान गर्ने भएका छन् ।
जिल्ला अदालत काठमाडौंले सन्दीपविरुद्धको पेसी असार २९ गतेलाई सारेपछि नेपाल क्रिकेट संघले उनलाई विश्वकप छनोट खेल्न पठाउन लागेको हो । असार २९ गतेभन्दा अगाडि पेसी नतोकिने भएकाले सन्दीपले जिम्बाबेमा क्वालिफायर खेल्न भ्याउनेछन् ।
गत मंगलबार नै राष्ट्रिय टोली अफ्रिका प्रस्थान गरिसकेको छ । अदालतमा विचाराधीन मुद्दाका कारण सन्दीप सो टोलीमा छुटेका थिए । सन्दीपका वकिलहरूले अदालतलाई अर्को पेसी डेढ महिना पछाडि सार्न निवेदन दिएका थिए । अदालतले सो निवेदनलाई स्वीकृत गरेपछि सन्दीप दक्षिण अफ्रिका जाने बाटो खुलेको छ ।









नगद कारोबारको सीमा घटाइयो, ५ लाखमाथि अनिवार्य बैंकमार्फत
मन्त्रिपरिषद्का निर्णयः ‘जेनजी’ सहिद परिवारलाई परिचयपत्र, भदौ २३ गते ‘जेनजी’ सहिद दिवस
इन्डोनेशियामा बाढी र पहिरोबाट मृत्यु हुने सङ्ख्या ५०२ पुग्यो
बैकुण्ठ अर्याल सचिवमा बढुवा
एनपीएल खेल्न नेपाल आइपुगे स्टार क्रिकेटर प्लेसिस
बसिर अहमद बने एनपिएलमा अर्धशतक जोड्ने १३औँ खेलाडी
कपालमा पर्ने चायाबाट छुटकारा पाउने उपाएहरु यस्ता छन्
कृषि विकास बैंकलाई अन्तर्राष्ट्रिय सम्मान
आज २०८२ साल मंसिर १३ गते शनिबारको राशिफल
इमरान खानको अवस्थाबारे पाकिस्तानी सिनेटरले के भने ?
प्रतिक्रिया