राम्रा कामका लागि जस्तोसुकै जोखिम मोल्न तयार छुः मन्त्री बस्नेत

काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले राम्रा कामका लागि जस्तोसुकै जोखिम मोल्न पनि आफू तयार रहेको बताएका छन् ।
सोमवार ललितपुरमा विश्व वातावरण दिवसको अवसरमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्। उनले लेनदेनका कारण अहिले अपराधिक क्रियाकलापहरु बढीरहेको उल्ल्ेख गर्दै यस्ता गतिविधिमा आफू नलागेको र कहिल्यै नलाग्ने पनि प्रतिवद्धता जनाए । उनले भने, राम्रा कामका लागि जुनसुकै खतरा मोल्न तयार छु । म यो जोखिमसँग खेल्ने बानी परेको मान्छे हो ।’
मन्त्री बस्नेतले मानव सभ्यताकै शत्रुको रुपमा प्लाष्टिकजन्य पदार्थहरु देखिन थालेको बताए । उनले प्लाष्टिकलाई पूर्ण रुपमा नष्ट गर्नपनि नसकिने र न्युनिकरणको लागि विकल्प नहुँदा समस्या सिर्जन भएको बताए । प्लाष्टिकजन्य सामग्रीका कारण वातावरण धेरै प्रदुषित भएको भन्दै यसको असर नेपालमा पनि धेरै परिरहेको उनले बताए ।
मन्त्री बस्नेतले प्लाष्टिकजन्य सामग्रीको प्रयोग कम गर्ने कुरामा सार्क राष्ट्रहरुले एक भएर काम गर्नुपर्ने बताए । प्लाष्टिकजन्य सामग्रीको प्रयोग कम गर्नका लागि जनचेतनाका साथै सरकारी स्तरबाट न्युनिकरण गर्न आवश्यक नीति निर्माण गर्नुपर्नेमा जोड दिनुपर्ने पनि बताए ।
















एमाले अध्यक्ष ओलीले आज झापा–५ को दक्षिणी क्षेत्रका कार्यकर्तासँग अन्तरक्रिया गर्दै
तोरी काटिरहेको ठाउँमा चितुवाले आक्रमण गर्दा महिलाको मृत्यु
दाङका वनमा महामारी, डढेलो लागेजस्ता देखिए सालका रुख
यस्तो छ आजका लागि फलफूल तथा तरकारीको मूल्य
मकवानपुरको सिमखोलामा सवारी दुर्घटना, एक जनाको मृत्यु
मलाई भाषण होइन, काम गर्ने मुड छ : बालेन
झापा ५ मा ओली र बालेन भिड्ने पक्का
नेकपाले टुंग्यायो सबै क्षेत्रका उम्मेदवार (सूचीसहित)
दुर्गा प्रसाईं पोखराबाट पक्राउ
रास्वपाले आशिका तामाङलाई दियो टिकट
प्रतिक्रिया