राम्रा कामका लागि जस्तोसुकै जोखिम मोल्न तयार छुः मन्त्री बस्नेत

काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले राम्रा कामका लागि जस्तोसुकै जोखिम मोल्न पनि आफू तयार रहेको बताएका छन् ।
सोमवार ललितपुरमा विश्व वातावरण दिवसको अवसरमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्। उनले लेनदेनका कारण अहिले अपराधिक क्रियाकलापहरु बढीरहेको उल्ल्ेख गर्दै यस्ता गतिविधिमा आफू नलागेको र कहिल्यै नलाग्ने पनि प्रतिवद्धता जनाए । उनले भने, राम्रा कामका लागि जुनसुकै खतरा मोल्न तयार छु । म यो जोखिमसँग खेल्ने बानी परेको मान्छे हो ।’
मन्त्री बस्नेतले मानव सभ्यताकै शत्रुको रुपमा प्लाष्टिकजन्य पदार्थहरु देखिन थालेको बताए । उनले प्लाष्टिकलाई पूर्ण रुपमा नष्ट गर्नपनि नसकिने र न्युनिकरणको लागि विकल्प नहुँदा समस्या सिर्जन भएको बताए । प्लाष्टिकजन्य सामग्रीका कारण वातावरण धेरै प्रदुषित भएको भन्दै यसको असर नेपालमा पनि धेरै परिरहेको उनले बताए ।
मन्त्री बस्नेतले प्लाष्टिकजन्य सामग्रीको प्रयोग कम गर्ने कुरामा सार्क राष्ट्रहरुले एक भएर काम गर्नुपर्ने बताए । प्लाष्टिकजन्य सामग्रीको प्रयोग कम गर्नका लागि जनचेतनाका साथै सरकारी स्तरबाट न्युनिकरण गर्न आवश्यक नीति निर्माण गर्नुपर्नेमा जोड दिनुपर्ने पनि बताए ।
















बढ्यो खाना पकाउने ग्यासको मूल्य
आज वैशाख शुक्ल पूर्णिमा: बुद्ध जयन्ती मनाइँदै
आज विदेशी मुद्राको विनिमयदर : डलरको भाउ बढ्यो
रिंकुकुमारी हत्या प्रकरण: वडा सदस्यसहित १४ जनालाई कैद सजाय
अमेरिकाले लज्जास्पद हार व्यहोरेको इरानका सर्वोच्च नेताको भनाइ
नेकपाका सात प्रदेश इन्चार्ज चयन : पूर्व माओवादीबाट दुई मात्रै
मुस्ताङ अस्पतालमा सुरक्षित गर्भपतन सेवा : सेवाग्राही अझै अनविज्ञ, चारआवमा १८८ जनाले लिए सेवा
बुधबार साँझदेखि तीव्र गतिको हावाहुरीसहित वर्षाको सम्भावना, उच्च सतर्कता अपनाउन आग्रह
स्वास्थ्य मन्त्रालयका जलेका गाडीको नाममा इन्धन दुरुपयोग : कारबाही गर्न मन्त्रीको निर्देशन
जनताको चाहना र भूगोललाई हेरेर नीति बन्नुपर्छ मुख्यमन्त्री बानियाँ
प्रतिक्रिया