बिहीबार, चैत १९, २०८२

बजेटप्रति नेपाल वनस्पति घ्यू तेल उत्पादक संघको आपत्ति

मेरोन्यूज २०८० जेठ २३ गते १३:५१

ठमाडौं । सरकारले आगामी आर्थिक वर्ष २०७९/८० को लागि ल्याएको बजेटले वनस्पति घ्यू तेल उद्योगलाई गम्भीर असर पार्ने नेपाल वनस्पति घ्यू तेल उत्पादक संघले जनाएको छ ।

Advertisement
nepal life insurencenepal life insurence

आइतबार संघले पत्रकार सम्मेलन गर्दै सरकारले ल्याएको बजेटले विरोधाभाषपूर्ण नीति अवलम्बन गरेको भन्दै स्वदेशी उद्योगलाई थप संकटतर्फ धकेल्ने बताएको छ । स्वदेशी उद्योगलाई दीर्घकालीन असर पुर्‍याउने नीतिको शीघ्र समाधान खोज्न पनि सरकारसँग संघले माग गरेको छ ।

समग्रमा वनस्पति तेल उद्योग समस्याग्रस्त अवस्थामा रहेको भन्दै संघले यसको शीघ्र समाधान नगरेको खण्डमा उद्योगहरु बन्द नै हुन जाने र यसले समग्र अर्थतन्त्रमा प्रत्यक्ष रुपले गम्भीर असर पार्नेतर्फ सचेत गराएको छ ।

उपभोक्ताहरुलाई प्रत्यक्ष रुपमा राहत दिनका लागि खाने तेलको महसुल दर कम गर्नुको सट्टा उद्योगलाई कम महसुल दरमा पाम र पामोलिदन तेलको आयात गर्न दिने नीतिले व्याकवार्ड इन्टिग्रेसनमा आधारित स्वदेशी उद्योगलाई मर्का पर्न गएको संघको भनाइ छ ।

‘उपभोक्ताहरुलाई चरम महँगीबाट राहत दिन, तैयारी सामान भन्दा कच्चा पदार्थको कम्तीमा एक तह कमको भन्सार महसुल हुने नीति अवलम्बन गर्न, भारतबाट अनाधिकृत रुपमा आयात भइरहेको खाने तेल रोक्नका लागि समेत कच्चा खाने तेलको आयात भन्सार महसुल शून्य र मूल्य अभिवृद्धि करमा ५० प्रतिशत छुट् दिनुपर्छ’ संघले पत्रकार सम्मेलनमार्फत भनेको छ ।

प्रतिक्रिया