बिहीबार, चैत १९, २०८२

बजेट निर्माणमा मेरो इमान्दारितामा एक इञ्च हल्लिएको छैन : अर्थमन्त्री महत

मेरोन्यूज २०८० जेठ २३ गते १५:१२

काठमाडौँ । अर्थमन्त्री डा. प्रकाशशरण महतले आर्थिक वर्ष २०८०-०८१ को बजेट निर्माणमा आफूले इमान्दारितापूर्वक भूमिका निर्वाह गरेको दाबी गरेका छन् ।

Advertisement
nepal life insurencenepal life insurence

मंगलबार बसेको प्रतिनिधिसभा बैठकमा सांसदहरूले बजेट निर्माणमा पूर्वनासु रामकृष्ण श्रेष्ठलाई सहभागी गराएर करका दर हेरफेर गरेको आरोप लागेपछि जवाफ दिँदै अर्थमन्त्री महतले आफूले बजेट निर्माणमा अनाधिकृत व्यक्तिलाई प्रवेश नगराइएको र कसैलाई लाभ हुने गरी करका दर हेरफेर नगरेको बताए । 

आफ्नो इमान्दारिमा एक इञ्च पनि नहल्लिएको भन्दै बैठकमा उनले भने, ‘इमान्दारितामा एक इञ्च पनि हल्लिएको छैन, निजी स्वार्थ भएकाहरू पछि लागेका छन्, भएको यही हो ।’

बजेट बनाउने बेला विचौलियालाई छेउमा पनि आउन नदिएको भन्दै उनले पूर्वनासु श्रेष्ठलाई सरकारले नै नियुक्त गरेको र इन्ट्री गर्ने कार्यमा खटाइएको दाबी गरे ।

प्रतिक्रिया