ए डिभिजन लिगको उपाधि चर्च ब्वाइजलाई
मेरोन्यूज
२०८० जेठ २३ गते १७:२५

काठमाडौँ । चर्च ब्वाइज युनाइटेडले यस सिजनको शहिद स्मारक ए डिभिजन लिगको उपाधि जितेको छ ।
मंगलबार दशरथ रंगशालामा सम्पन्न खेलमा चर्च ब्वाइज क्लब थ्रीस्टार क्लबसँग बराबरीमा रोकिएसँगै एक अंक हासिल गरेर यस सिजनको लिगको उपाधि जितेको हो ।
यो खेलमा चर्च ब्वाइज र थ्री स्टार गोलरहित बराबरीमा रोकिएका थिए ।
यो बराबरीपछि चर्च ब्वाइजको २५ खेलमा ४५ अंक भएको छ र एक खेल अघि लिगको उपाधि जितेको हो ।
हाल दोस्रो स्थानमा रहेको मछिन्द्रले बाँकी दुवै खेल जितेपनि अब चर्च ब्वाइज शिर्ष स्थानमा रहने भएपछि चर्चब्वाइजको लिग जित निश्चित भएको हो ।
त्यस्तै थ्री स्टारको भने यस खेलपछि २५ खेलमा २९ अंक भएको छ र लिगमा १२औं स्थानमा रहेको छ ।
सम्बन्धित
















प्रधानमन्त्री बालेन भन्छन्- विद्यार्थी र कर्मचारी संगठनहरू दलको ‘स्लिपर सेल’ भए
ओमान विरुद्ध ब्याटिङ गर्दै नेपाल, दुई खेलाडी परिवर्तन
रोशी खोलामा फसेका ८९ यात्रुको उद्धार
दुई अमेरिकी युद्धपोतले इरानी आक्रमणका बीच पार गरे होर्मुज जलमार्ग
बढ्यो आज तरकारीको मुल्य
सुकुमवासीलाई चैत मसान्तभित्र व्यवस्थित बासस्थान उपलब्ध गराउन सरकारलाई रास्वपाको आग्रह
विवादपछी अमेरिकाले जर्मनीबाट पाँच हजार सेना फिर्ता गर्दै
बालेनलाई ज्ञवालीको प्रश्न: बागमती किनारमा बगिरहेका आँशुले कसरी नेपाल हाँसिरहेको देखिन्छ?
इरानको तेल किन्ने कम्पनीहरूमाथि अमेरिकाले लगाएको प्रतिबन्ध चीनद्वरा खारेज
कांग्रेसले बोलायो केन्द्रीय कार्यसम्पादन समितिको बैठक
प्रतिक्रिया