मेस्सी अमेरिकी क्लब इन्टर मियामी जाने
मेरोन्यूज
२०८० जेठ २४ गते २०:३८

काठमाडौं । अर्जेन्टिनी फुटबल स्टार लियोनल मेस्सी साउदी अरेवियाको अल हिलालले प्रस्ताव गरेको मोटो रकम त्यागेर अमेरिकी क्लब इन्टर मियामी जाने भएका छन् । मेस्सी फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) छाडेर अमेरिकन क्लब इन्टर मियामी जाने भएका ह्न् ।
स्पेनिस क्लब बार्सिलोनाका पूर्व स्टार मेस्सी बार्सिलोना फर्किने बारेमा पनि चर्चा चलेको थियो । त्यसो नभए साउदी अरेबियाका अल हिलालले प्रस्ताव गरेको मोटो रकम मा उनी त्यहाँ जाने तयारीमा थिए ।
तर उनले त्यो प्रस्तावलाई पनि त्यागेर अमेरिकी क्लबमा जाने निर्णय अन्तिममा लिएका हुन् ।
मियामीमा जाने निर्णय गर्नुमा एडिडास, एप्पलजस्ता कम्पनीको सहयोग रहेको छ ।
सात पटक विश्वकै उत्कृष्ट खेलाडी चुनिएका ३५ वर्षका मेस्सीले पहिलो पल्ट युरोप बाहिर खेल्ने निर्णय गरेका हुन् ।
सम्बन्धित
















प्रधानमन्त्री बालेन भन्छन्- विद्यार्थी र कर्मचारी संगठनहरू दलको ‘स्लिपर सेल’ भए
ओमान विरुद्ध ब्याटिङ गर्दै नेपाल, दुई खेलाडी परिवर्तन
रोशी खोलामा फसेका ८९ यात्रुको उद्धार
दुई अमेरिकी युद्धपोतले इरानी आक्रमणका बीच पार गरे होर्मुज जलमार्ग
बढ्यो आज तरकारीको मुल्य
सुकुमवासीलाई चैत मसान्तभित्र व्यवस्थित बासस्थान उपलब्ध गराउन सरकारलाई रास्वपाको आग्रह
विवादपछी अमेरिकाले जर्मनीबाट पाँच हजार सेना फिर्ता गर्दै
बालेनलाई ज्ञवालीको प्रश्न: बागमती किनारमा बगिरहेका आँशुले कसरी नेपाल हाँसिरहेको देखिन्छ?
इरानको तेल किन्ने कम्पनीहरूमाथि अमेरिकाले लगाएको प्रतिबन्ध चीनद्वरा खारेज
कांग्रेसले बोलायो केन्द्रीय कार्यसम्पादन समितिको बैठक
प्रतिक्रिया