ए डिभिजन लिगः आज चार खेल हुदैँ
मेरोन्यूज
२०८० जेठ २६ गते १०:४२

काठमाडौं। सहिद स्मारक लिग फुटबलमा आज चार खेल हुदैँछन् ।
अखिल नेपाल फुटबल संघ (एन्फा)का अनुसार च्यासल मैदान र एन्फा कम्प्लेक्समा एक एक खेल हुनेछ भने दशरथ रंगशालामा दुई खेल हुनेछ ।
एन्फा कम्प्लेक्स, सातदोबाटोमा हुने खेलमा खुमलटार र चर्च ब्वाईज एक आपसमा भिडनेछन् । सो खेल दिउँसो ३ बजेबाट सुरु हुनेछ ।
च्यासल मैदान, ललितपुरमा हुने खेल भने नेपाल पुलिस क्लब र सातदोबाटो युथ क्लब बिचमा हुनेछ, सो खेल पनि दिउँसो ३ बजेवाट सुरु हुनेछ ।
उता, त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने पहिलो खेलमा एपीएफ फुटबल क्लब र फ्रेन्डस क्लबका बिचमा प्रतिस्पर्धा हुनेछ । सो खेल ३ बजेवाट सुरु हुने जनाईएको छ ।
रंगशालामा हुने दोस्रो खेल भने साँझ ६ बजेवाट सुरु हुनेछ । सो खेलमा त्रिभुवन आर्मी क्लब र हिमालयन शेर्पा आमुने सामुने हुनेछन् ।
सम्बन्धित









नोभेम्बरमा भित्रिए एक लाख १६ हजार पर्यटक
वामपन्थी शक्तिहरु एक भएर जानुपर्छः संयोजक दाहाल
अन्नपूर्णमा बेपत्ता पर्यटक मृत फेला
मेयर बालेनका बुवाको पशुपति आर्यघाटमा अन्त्येष्टि
प्रधानमन्त्री र जेन-जी अगुवाबीच भेटवार्ता
बसिर अहमद बने एनपिएलमा अर्धशतक जोड्ने १३औँ खेलाडी
कर्णालीविरुद्ध विराटनगरको रोमाञ्चक जीत
कृषि विकास बैंकलाई अन्तर्राष्ट्रिय सम्मान
कपालमा पर्ने चायाबाट छुटकारा पाउने उपाएहरु यस्ता छन्
प्रतिक्रिया