जुनियर एनटिआर र रामचरणसँग काम गर्न चाहन्छन् क्रिस हेम्सवर्थ

लसएन्जल्स। मार्बल सिनेम्याटिक युनिभर्समा ‘थोर’ बनेर सबैका मन जितेका अष्ट्रलियाली अभिनेता क्रिस हेम्सवर्थले ‘आरआरआर’ अभिनेता जुनियर एनटीआर र रामचरणसँग सहकार्य गर्ने इच्छा व्यक्त गरेका छन् ।
हाल ‘एक्सट्रेक्सन २’को प्रचारमा व्यस्त क्रिसले एसएस राजामौलीको फिल्म ‘आरआरआर’ हेरेपछि दुई अभिनेतासँग सहकार्यको चाहना व्यक्त गरेका हुन् ।
‘हालैमात्र मैले आरआरआर हेरें । मलाई लाग्छ कि यो फिल्म अविश्वसनीय थियो । मलाई यो कुराको दुःख छ कि मलाई दुवै अभिनेताको नाम थाहा छैन । उनीहरु कमालका थिए । उनीहरुसँग अभिनय गर्ने मौका पाए म आफूलाई भाग्यमानी सम्झन्थें’, उनले भनेका छन् ।
क्रिस अघि ‘गार्डियन अफ ग्यालेक्सी’का निर्देशक र डिसी स्टुडियोका सहअध्यक्ष जेम्स गुनले पनि जुनियर एनटीआरसँग सहकार्य गर्न चाहेको बताएका थिए ।
‘आरआरआर’ गत वर्षको ब्लकबस्टर फिल्ममध्येमा पर्दछ । फिल्मले ‘गोल्डन ग्लोब’ र ‘ओस्कार’ दुवैमा ‘बेस्ट ओरिजनल सङ’को अवार्ड जितेको थियो । फिल्ममा अजय देवगन र आलिया भट्टको पनि अभिनय थियो ।
















इरान वार्ता अघि नबढे इरानमा पुनः ‘बमबारी’ हुनसक्ने राष्ट्रपति ट्रम्पको भनाइ
नेपालले यूएईलाई आठ विकेटले हरायो
रातो मछिन्द्रनाथको जात्रा सुरु (तस्वीरहरू)
ओमानसँग खेल्ने नेपाल ‘ए’ टोलीको घोषणा
रास्वपाकाे केन्द्रीय समिति बैठक बस्दै
आजदेखि देशभरिका बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै
एम्बुलेन्सको ठक्करबाट एकै परिवारका दुई जनाको मृत्यु
याडियाको नयाँ वर्ष अफर : शून्य प्रतिशत ब्याजदरमा इएमआईसँगै आकर्षक उपहार
प्रतिक्रिया