कालीकोटमा भएको जिप दुर्घटनामा तीन जनाको मृत्यु
मेरोन्यूज
२०८० जेठ २८ गते ७:४४

कालीकोट । कालीकोटको शुभकालिका गाउँपालिका–६ गविरामा गए राति लु १ च ८४९८ नम्बरका जिप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ ।
जिप कालीकोटको बेउली पान्तडी सडकखण्डको चौकी बजारबाट हाउडी हुँदै शुभकालिकातर्फ जाँदै गर्दा शुभकालिका–६ गविराममा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय कालीकोटले जनाएको छ ।
दुर्घटनामा जिप चालक शुभकालिका–२ का ३० वर्षीय हर्क विश्वकर्मा, शुभकालिका–८ का ३१ वर्षीय रामबहादुर शाही र दैलेख नौमुले–३ का २५ वर्षीय गोपाल सलामीमगरको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कालीकोटका प्रहरी प्रमुख जयश्वर रिमालले जानकारी दिए ।
दुर्घटनाको कारण खुल्न नसकेको र घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । (रासस)
सम्बन्धित
















Over 10,000 foreign tourists visit Mustang in January
निर्वाचनमा तालमेलबारे एमाले उपाध्यक्ष गुरुङ – कतिपय स्थानमा हुन सक्छ
ट्रम्पले गरे हार्वर्डसँग एक अर्ब डलर क्षतिपूर्तिको माग
काठमाडौंका सुकुम्बासीलाई बाढीबाट जोगाउन डोजर लगाएको हुँ : बालेन
नेप्से दोहोरो अंकले घट्दा साढे ८ अर्बकाे काराेबार
संसद् पुनर्स्थापनाको मुद्दाबारे अविलम्व फैसला गर्न ओलीको माग
अमेरिकालाई खुसी पार्न भेनेजुएलामा राजनीतिक बन्दी रिहाइ हुने आममाफी विधेयक प्रस्तुत
कम्युनिष्ट एकता आजको आवश्यकता होः संयोजक दाहाल
गैरबैङ्किङ वित्तीय संस्थाका लागि छुट्टै नियामक निकाय गठन गरिने
आज पनि १३ हजार ४ सयले घट्यो सुनको भाउ
प्रतिक्रिया