भारतलाई २०९ रनले पराजित गर्दै अष्ट्रेलिया बन्यो टेस्ट च्याम्पियन
मेरोन्यूज
२०८० जेठ २८ गते १८:५३

काठमाडौं । टेस्ट च्याम्पियनसीपको दोस्रो संस्करण अष्ट्रेलियाले जितेको छ । भारतलाई २०९ रनको फराकिलो अन्तरले पराजित गर्दै अष्ट्रेलियाले टेस्ट च्याम्पियनसीप जितेको हो ।
पहिलो इनिङसमा अष्ट्रेलियाले ४ सय ६९ र दोस्रो इनिङसमा २ सय ७० रन बनाएर भारतलाई ४सय ४४ रनको लक्ष्य दिएको थियो ।
तीन विकेट क्षतिमा १६४ रनको अवस्थाबाट पाचौं दिनको खेल सुरु गरेको भारत २३४ रनमै अल आउट भयो ।
भारतका पहिलो इनिङसमा अजिन्का रहानले सर्वाधिक ८९, शार्दुल ठाकुरले ५१ रविन्द्र जडेजाले ४८ रन जोडे ।
दोस्रो इनिङसमा भारतका लागि विराट कोहलीको ४९ रन नै सर्वाधिक बन्न पुग्यो । अजिन्का रहानेले ४६ र रोहित शर्माले ४३ रन जोडे ।
अष्ट्रेलियाका लागि पहिलो इनिङसमा ट्राभिस हेडले १ सय ६३ र स्टिभ स्मिथले १ सय २१ रन बनाएका थिए ।
सम्बन्धित
















पाठ्यक्रम समयसापेक्ष पुनरावलोकनका लागि कार्यदल गठन
राष्ट्रपतिद्वारा संसद्का दुवै सदनको अधिवेशन आह्वान
चिकित्सक संघको अध्यक्षमा डा बद्री रिजाल
सातौं एसियन सभात च्याम्पियनसिपमा नेपाल टिम च्याम्पियन
जेठ १० गते यार्सागुम्बा संकलन गर्न पाइने
सुकुमवासीलाई चैत मसान्तभित्र व्यवस्थित बासस्थान उपलब्ध गराउन सरकारलाई रास्वपाको आग्रह
विवादपछी अमेरिकाले जर्मनीबाट पाँच हजार सेना फिर्ता गर्दै
बालेनलाई ज्ञवालीको प्रश्न: बागमती किनारमा बगिरहेका आँशुले कसरी नेपाल हाँसिरहेको देखिन्छ?
इरानको तेल किन्ने कम्पनीहरूमाथि अमेरिकाले लगाएको प्रतिबन्ध चीनद्वरा खारेज
अमेरिकालाई ‘सम्झौता वा युद्ध’ एक रोज्न इरानको चेतावनी
प्रतिक्रिया