सरकारसँग माधवकुमार नेपालका तीन असन्तुष्टि

काठमाडौं । सत्तारुढ दल नेकपा (एकीकृत समाजवादी)पार्टी गठबन्धन सरकार र प्रधानमन्त्री पुष्पकमल दाहालसँग तीन एजेण्डामा असन्तुष्ट देखिएको छ । आफै सरकारमा दुई मन्त्रीसहित सहभागी भएको एकीकृत समाजवादी पार्टीका अध्यक्ष तथा पुर्वप्रधानमन्त्री माधवकुमार नेपालले सरकार र प्रधानमन्त्री पुष्पकमल दाहालसँगका तीन असन्तुष्टि सावर्वजनिक रूपमा नै व्यक्त गरेका छन् ।
प्रतिनिधि सभामा १० सिट रहेको एकीकृत समाजवादी पार्टी सरकारसँग असन्तुष्ट भएर बाहिरिँदैमा प्रधानमन्त्री दाहाल अल्पमतमा त पर्दैनन् तर, एकीकृत समाजवादी पार्टीको बहिर्गमनले अन्य साना दल पनि बाहिरिने भय भने रहन्छ ।
अध्यक्ष नेपालले सरकार दुर्घटनामा पर्ने अवस्था आउने भए पनि यथास्थितिमा सरकारले संसद्मा प्रस्तुत गरेको बजेट पारित हुन नदिने सार्वजनिक कार्यक्रममा बताए । केही दिन अघिबाटै बजेटमा असन्तुष्टि जनाउँदै आएका नेता नेपालले आइतबारबाट भने त्यो बाहेक अन्य विषयमा पनि सरकारसँगका आफ्ना असन्तुष्टि बाहिर ल्याएका छन् । नेता नेपालको भनाइ छ, ‘बजेटप्रति सबै असन्तुष्ट हुनुहुन्छ, आक्रोशित हुनुहुन्छ, के हुन्छ भन्न सकिदैंन ।’
बजेट संशोधनको खाँचो रहेको अध्यक्ष नेपालले बताए । अर्थमन्त्री डा. प्रकाशशरण महतले बजेटमा परेका बेठीक कुरालाई करेक्सन गर्नुपर्ने नेतालको भनाइ छ । यही स्थितिमा बजेट पास गर्न लाग्ने हो भने सरकार दुर्घटनामा जाने चेतावनी पनि नेता नेता नेपालले दिएका छन् ।
नेपाल भारतीय संसद भवनभित्र राखिएको ‘अखण्ड भारत’को नक्सामा नेपालको भूमि लुम्बिनी र कपिलवस्तु समावेश भए पनि प्रधानमन्त्री दाहालले त्यस विषयमा कुटनीतिक पहल गरी के हो स्पष्ट पार्न नसकेकोमा असन्तुष्ट देखिएका छन् । प्रधानमन्त्री दाहालले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँगै कुरा गरेर यसबारे प्रष्ट पार्नुपर्नेमा त्यसो गर्न प्रधानमन्त्रीले नचाहेको आरोप नेता नेपालको छ ।
त्यस्तै उनले शनिबार प्रधानमन्त्री दाहालले मन्त्रीहरूसहितको जथ्था लिएर पशुपतिनाथको दर्शन गरेकोमा पनि सार्वजनिक रूपमै असन्तुष्टि जनाएका छन् । चर्चा कमाउन मन्दिर गएको र त्यसले राष्ट्रिय राजनीतिलाई राम्रो नहुने अध्यक्ष नेपालको भनाइ छ ।
अहिलेको सत्ता गठबन्धनको एक महत्वपूर्ण दल एकीकृत समाजवादीका अध्यक्ष नेपालबाट यस्तो असन्तुष्टि सार्वजनिक हुनुले कतै गठबन्धनमा दरार आउन लागेको त होइन भन्नेन प्रश्न उब्जाएको छ ।










मक्काबाट मदिना जाँदै गरेकाे बस डिजेलको ट्याङ्करसँग ठोक्किँदा ४२ भारतीयको मृत्यु
यी हुन् सबैभन्दा बढी कर तिर्ने करदाता
प्रहरीको आग्रह : एनपीएलको पहिलो दिनको टिकट बिक्री भइसक्यो, बाहिर भीड नगरौँ
शेख हसिना विरुद्धको फैसलाअघि बङ्गलादेशमा कडा सुरक्षा
लिम्बू समुदायहरुको पर्व चासोक तङनाम सुरु
आज कात्तिक कात्तिक २९ गते शनिबार, कस्ताे रहला तपाइकाे राशिफल ?
सन्तोष परियारले छाडे रास्वपा
नेपाली कम्युनिस्ट पार्टीले पायो दल दर्ताको प्रमाणपत्र
सन्तोष परियारले किन त्यागे रास्वपा ? यस्ताे छ उनकाे राजीनामा पत्र
प्रधानमन्त्रीसहित १० मन्त्रीले बुझाए आफ्नो सम्पत्ति विवरण
प्रतिक्रिया