सरकारसँग माधवकुमार नेपालका तीन असन्तुष्टि

काठमाडौं । सत्तारुढ दल नेकपा (एकीकृत समाजवादी)पार्टी गठबन्धन सरकार र प्रधानमन्त्री पुष्पकमल दाहालसँग तीन एजेण्डामा असन्तुष्ट देखिएको छ । आफै सरकारमा दुई मन्त्रीसहित सहभागी भएको एकीकृत समाजवादी पार्टीका अध्यक्ष तथा पुर्वप्रधानमन्त्री माधवकुमार नेपालले सरकार र प्रधानमन्त्री पुष्पकमल दाहालसँगका तीन असन्तुष्टि सावर्वजनिक रूपमा नै व्यक्त गरेका छन् ।
प्रतिनिधि सभामा १० सिट रहेको एकीकृत समाजवादी पार्टी सरकारसँग असन्तुष्ट भएर बाहिरिँदैमा प्रधानमन्त्री दाहाल अल्पमतमा त पर्दैनन् तर, एकीकृत समाजवादी पार्टीको बहिर्गमनले अन्य साना दल पनि बाहिरिने भय भने रहन्छ ।
अध्यक्ष नेपालले सरकार दुर्घटनामा पर्ने अवस्था आउने भए पनि यथास्थितिमा सरकारले संसद्मा प्रस्तुत गरेको बजेट पारित हुन नदिने सार्वजनिक कार्यक्रममा बताए । केही दिन अघिबाटै बजेटमा असन्तुष्टि जनाउँदै आएका नेता नेपालले आइतबारबाट भने त्यो बाहेक अन्य विषयमा पनि सरकारसँगका आफ्ना असन्तुष्टि बाहिर ल्याएका छन् । नेता नेपालको भनाइ छ, ‘बजेटप्रति सबै असन्तुष्ट हुनुहुन्छ, आक्रोशित हुनुहुन्छ, के हुन्छ भन्न सकिदैंन ।’
बजेट संशोधनको खाँचो रहेको अध्यक्ष नेपालले बताए । अर्थमन्त्री डा. प्रकाशशरण महतले बजेटमा परेका बेठीक कुरालाई करेक्सन गर्नुपर्ने नेतालको भनाइ छ । यही स्थितिमा बजेट पास गर्न लाग्ने हो भने सरकार दुर्घटनामा जाने चेतावनी पनि नेता नेता नेपालले दिएका छन् ।
नेपाल भारतीय संसद भवनभित्र राखिएको ‘अखण्ड भारत’को नक्सामा नेपालको भूमि लुम्बिनी र कपिलवस्तु समावेश भए पनि प्रधानमन्त्री दाहालले त्यस विषयमा कुटनीतिक पहल गरी के हो स्पष्ट पार्न नसकेकोमा असन्तुष्ट देखिएका छन् । प्रधानमन्त्री दाहालले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँगै कुरा गरेर यसबारे प्रष्ट पार्नुपर्नेमा त्यसो गर्न प्रधानमन्त्रीले नचाहेको आरोप नेता नेपालको छ ।
त्यस्तै उनले शनिबार प्रधानमन्त्री दाहालले मन्त्रीहरूसहितको जथ्था लिएर पशुपतिनाथको दर्शन गरेकोमा पनि सार्वजनिक रूपमै असन्तुष्टि जनाएका छन् । चर्चा कमाउन मन्दिर गएको र त्यसले राष्ट्रिय राजनीतिलाई राम्रो नहुने अध्यक्ष नेपालको भनाइ छ ।
अहिलेको सत्ता गठबन्धनको एक महत्वपूर्ण दल एकीकृत समाजवादीका अध्यक्ष नेपालबाट यस्तो असन्तुष्टि सार्वजनिक हुनुले कतै गठबन्धनमा दरार आउन लागेको त होइन भन्नेन प्रश्न उब्जाएको छ ।
















प्रधानमन्त्रीको शपथअघि बालेनले ल्याए नयाँ गीत ‘जय महाकाली’
कर्मचारी सञ्चय कोष र राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागबीच सेवा प्रयोग गर्ने सम्झौता
केही सन्तुष्टि र धेरै आशा बोकेर बिदा हुँदैछु: प्रधानमन्त्री कार्की (पूर्णपाठ)
‘गाईको बारेमा लेख भन्दा गधाको निबन्ध लेखेजस्तो भयो जाँचबुझ आयोगको प्रतिवेदन’
युद्धबारे वार्तामा गम्भीर हुन इरानलाई ट्रम्पको सुझाव
बक्स अफिसमा तहल्का मच्चाउँदै धुरन्धर २, अहिलेसम्मकाे कमाइ कति ?
चैत १० गते मंगलबारको राशिफल,कस्ताे रहला तपाइकाे आजकाे दिन ?
मिथिलामा आज अस्ताउँदो सूर्यलाई अर्घ दिँदै चैती छठ पर्व मनाइँदै
प्रकाशकीय : ‘मेरोन्यूज’ छैटौँवर्षमा प्रवेश
नवनिर्वाचित सांसद गजुरेल र शर्मालाई नेपाल अटोमोबाइल्स एसोसिएसनको शुभकामना
प्रतिक्रिया