फिफा यु–२० को उपाधी उरुग्बेलाई
मेरोन्यूज
२०८० जेठ २९ गते ८:२५

ब्युनर्स । फिफा यू–२० विश्वकपको उपाधि उरुग्वेले जितेको छ । अर्जेन्टिनामा आइबार सम्पन्न फाइनल खेलमा उरुग्वेले इटालीलाई १–० गोल अन्तरले पराजित गर्दै उपाधि जितेको हो ।
निकै रोचक तथा प्रतिस्पर्धात्मक खेल पहिलो हाफ बराबरीमा रोकिएको थियो । तर, खेलको अन्तिम समय ८६ औँ मिनेटमा लुसिआनो रोड्रीगेजले गरेको गोलले उरुग्वेलाई विश्कप बिजेता बनाउन सफल भयो ।
उरुग्वेले विश्वकपको उपाधी उचालेको यो पहिलो पटक हो । यसअघि दुई पटक फाइनलमा पुगे पनि उपाधी उचाल्न सकेको थिएन । उरुग्वेको जीतसँगै पहिलो पटक यू–२० विश्वकपको फाइनलमा पुगेको इटाली भने उप विजेता बनेको छ ।
अहिलेसम्म यू–२० विश्वकपको उपाधि धेरै पटक अर्जेन्टिनाले उचालेको छ । अर्जेन्टिनाले ६ पटकसम्म उपाधी उचाल्दा दोस्रो स्थानमा रहेको ब्राजिलले ५ पटक जित हासिल गरेको छ ।
सम्बन्धित
















प्रधानमन्त्री बालेन भन्छन्- विद्यार्थी र कर्मचारी संगठनहरू दलको ‘स्लिपर सेल’ भए
ओमान विरुद्ध ब्याटिङ गर्दै नेपाल, दुई खेलाडी परिवर्तन
रोशी खोलामा फसेका ८९ यात्रुको उद्धार
दुई अमेरिकी युद्धपोतले इरानी आक्रमणका बीच पार गरे होर्मुज जलमार्ग
बढ्यो आज तरकारीको मुल्य
सुकुमवासीलाई चैत मसान्तभित्र व्यवस्थित बासस्थान उपलब्ध गराउन सरकारलाई रास्वपाको आग्रह
विवादपछी अमेरिकाले जर्मनीबाट पाँच हजार सेना फिर्ता गर्दै
बालेनलाई ज्ञवालीको प्रश्न: बागमती किनारमा बगिरहेका आँशुले कसरी नेपाल हाँसिरहेको देखिन्छ?
इरानको तेल किन्ने कम्पनीहरूमाथि अमेरिकाले लगाएको प्रतिबन्ध चीनद्वरा खारेज
कांग्रेसले बोलायो केन्द्रीय कार्यसम्पादन समितिको बैठक
प्रतिक्रिया