ग्रीन भेन्चर्सको नाफा बढ्यो

काठमाडौं। ग्रीन भेन्चर्स लिमिडेटले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । यस अवधिसम्ममा कम्पनीले ३० करोड १६ लाख १५ हजार रुपैयाँ नाफा आर्जन गरेको छ ।
एक वर्षको अवधिमा यस कम्पनीको खुद नाफा २३ करोड ४४ लाख ७८ हजार रुपैयाँले बढेको हो । अघिल्लो वर्षको यसैअवधिमा यस कम्पनीले ६ करोड ७१ लाख ३९ हजार रुपैयाँ खुद नाफा कमाएको थियो ।
एक वर्षको अवधिमा विद्युत् बिक्रीबाट हुने अम्दानी बढेकाले खुद नाफा पनि बढ्न सहयोग पुगेको हो । चैत मसान्तसम्म आइपुग्दा कम्पनीले विद्युत् बिक्रीबाट १ अर्ब २१ करोड ९८ लाख ७४ हजार रुपैयाँ आम्दानी गरेको छ । गत वर्ष यसले विद्युत बिक्रीबाट ६० करोड ६५ लाख ६० हजार रुपैयाँ कमाएको थियो ।
चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म आइपुग्दा ग्रीनको चुक्ता पुँजी ३ अर्ब १२ करोड ५० लाख रुपैयाँ रहको छ । रिटेन अर्निङ २० करोड ८० लाख रुपैयाँ रहेको छ । यसको प्रतिसेयर आम्दानी ९ रुपैयाँ ६५ पैसा छ । अघिल्लो वर्षको यसैअवधिमा यसको प्रतिसेयर आम्दानी २ रुपैयाँ ६४ पैसा थियो । प्रतिसेयर नेटवर्थ १०६ रुपैयाँ ६६ पैसा रहेको छ ।
















इन्धन सङ्कटले भुटानमा जनजीवन कष्टकर
दुर्गमका बासिन्दालाई उपचारका लागि हेलिकप्टर चार्टर गर्नुपर्ने बाध्यता
Home Minister Gurung pays homage to Pashupatinath
पूर्वयुवराज पारसको मुटुमा राखिएको आईसीडीको ब्याट्री फेरियो
अर्थ मन्त्रालयका ३० उपसचिवको सरुवा (सूचीसहित)
रेखा शर्मालाई ३ दिन थुनामा राख्न अनुमति
स्वास्थ्य बिमाबारे छलफलमा स्वास्थ्यमन्त्री मेहता
चैत १९ गते संसद् अधिवेशन बोलाउन राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय
ज्यान मार्ने धम्की आएको भन्दै हर्क साम्पाङले दिए उजुरी
प्रतिक्रिया