प्रमाण लोप नहुने भन्दै बालकृष्णका वकिलले भने : प्रमाण नष्ट गर्न अदालतमा आगो लगाउनु पर्यो

काठमाडौँ । नक्कली भुटानी शरणार्थी प्रकरणमा आज पूर्वगृहमन्त्री बालकृष्ण खाँणका अधिवक्ताले बहस गरेका छन् ।
भुटानी शरणार्थीलाई अमेरिकामा पुनर्वासका लागि तयार पारिएको प्रतिवेदन फेरबदलसहितका आरोप लाग्दै आएका उनको पक्षमा मंगलबार अधिवक्ता पंकजनाथ कर्णले बहस गरेका हुन् ।
काठमाडौँ जिल्ला अदालतका न्यायाधीश प्रेमप्रसाद न्यौपानेको इजलासमा कर्णले कुनै जाहेरीमा खाँणको नाम उल्लेख नभएको भन्दै अभियुक्त भन्न नमिल्ने बताए ।
‘यो प्रकरणमा जाहेरवाला नै पैसा उठाउँदै हिँडेका छन्, उनीहरू आफैं कीर्ते गरेर अमेरिका जान खोजेका हुन्,’ उनले भने, ‘प्रारम्भिक अनुसन्धान प्रतिवेदनमा खाँणको नाम छैन ।’
‘अभियोग पत्र नै मिस गाइडेड छ, बालकृष्ण खाँणलाई फसाउन खोजिएको छ, बयान चाहिँ लिखत कीर्ते र ठगमा मात्रै गराइएको थियो, तर पछि अरु पनि अभियोग थपिएको छ,’ कर्णले थपे ।
उनले तत्कालीन गृहसचिव टेकनारायण पाण्डेले लेखेको पत्र खाँणका सहयोगी नरेन्द्र केसीको साथबाट भेटाउँदैमा संलग्नता पुष्टि हुन नसक्ने दाबी गरे । उनले भन्दमा हुने भए आफूले अमेरिकाको राष्ट्रपति बनाइदिने बताए ।
‘भनिदिँदैमा हुने भए म यहीँबाट अमेरिकाको राष्ट्रपति बनाइदिन्छु भन्छु, हुन्छ त श्रीमान् ?, प्रतिवेदन फेरबदलमा बालकृ्ष्ण खाँणको भूमिका कहाँ छ ? अभियोग पत्रमा पनि कहीँ देखिँदैन,’ उनले थपे ।
यस्तै, उनले भोलिका दिनमा कोही मन्त्री बन्न नचाहने भन्दै थपे, ‘एक पटक बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपकुलपति बन्न कोही नमान्ने अवस्था थियो, त्यस्तै यहाँ पनि हुन सक्छ, कोही मन्त्री बन्न सक्दैनन् ।’
अधिवक्ता कर्णले बारम्बार खाँणलाई थुनामा पठाउनु पर्ने कुनै कारण नरहेको बताए ।
यस्तै, उनले खाँण बाहिर आउँदा कुनै प्रकारको प्रमाण लोप हुन नसक्ने दाबी गरे । उनले भने, ‘खाँण बाहिर आउँदा अब कुन प्रमाण लोप हुन्छ ? सबै प्रमाण अदालतमा आइसकेका छन्, अब अदालतमा आइसकेको प्रमाण लोप हुन त कि अदालतमा आगो लगाउनु पर्यो कि त लुटपाट गर्नु पर्यो ।’
















ललितपुरबाट पेस्तोलसहित ३ जना सशस्त्र प्रहरीको नियन्त्रणमा
दीपेन्द्र र आरिफको अर्धशतकमा युएईमाथि नेपालको सानदार जित
राष्ट्रपति पौडेलसँग जापानका प्रधानमन्त्रीको शिष्टाचार भेट
राष्ट्रपति पौडेललाई ‘गार्ड अफ अनर’
प्रतिनिधिसभामा समानुपातिकतर्फ तीन हजार १३५ उम्मेदवार कायम
आज पनि १३ हजार ४ सयले घट्यो सुनको भाउ
माघ १८ गते आइतबारको राशिफल, कस्ताे रहला तपाइकाे आजकाे दिन ?
माघ शुक्ल पूर्णिमा, आज एक महिना लामो स्वस्थानी व्रत कथा समापन गरिँदै
मौसम पूर्वानुमान: उच्च पहाडी भेगका एकदुई स्थानमा हल्का हिमपात र वर्षाको सम्भावना
यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर
प्रतिक्रिया