मंगलबार, माघ २०, २०८२

कञ्चनपुरबाट लागू औषधसहित एक जना पक्राउ

मेरोन्यूज २०८० जेठ ३० गते १९:३५

काठमाडौँ । कञ्चनपुरबाट लागू औषधसहित एक जना पक्राउ परेका छन् ।

जिल्लाको कृष्णपुर नगरपालिका ५ गुलरियाबाट वडा नम्बर २ बंकका २० वर्षीय बिबेक साउँद लागू औषधसहित पक्राउ परेका हुन् ।

उनी ५० मिलिग्राम लागूऔषधसहित आज दिउँसो पक्राउ परेको प्रहरीले जनाएको छ ।

इलाका प्रहरी कार्यालय गुलरियाबाट खटिएको प्रहरी टोलीले लागु औषधसहित उनलाई पक्राउ गरेको कञ्चनपुर प्रहरीले जनाएको छ ।

प्रतिक्रिया