कांग्रेसमा श्रीमानलाई कारबाही, श्रीमतिलाई महिला संघको केन्द्रीय सदस्य
निधिले बनाए जेठीसासु र भाञ्जीलाई संघको केन्द्रीय सदस्य

काठमाडौँ । सत्तारुढ दल नेपाली कांग्रेसमा अचम्मको राजनीति देखिएको छ । सभापति शेरबहादुर देउवाले मंगलबार राति भ्रातृ संस्था नेपाल महिला संघको तदर्थ समितिलाई विस्तार गर्दा पार्टीले गत निर्वाचनमा पार्टी निर्णयविपरीत स्वतन्त्र उम्मेदवार भएका पर्साका अजयकुमार द्विवेदीकी श्रीमतिलाई केन्द्रीय सदस्य बनाएका छन् ।
उनकी श्रीमति शुष्मा तिवारीलाई ५२ सदस्यीय समिति विस्तार गर्दा ५० औँ नम्बरमा केन्द्रीय सदस्य बनाएका छन् । द्विवेदी गत प्रतिनिधि सभा निर्वाचनमा गठबन्धन बनाएर निर्वाचनमा होमिएको कांग्रेसले पर्सा–१ निर्वाचन क्षेत्र जनता समाजवादी पार्टीलाई छोडिदिएपछि बागी उठेका थिए ।
त्यहाँ जनता समाजवादी पार्टीका नेता प्रदीप यादवले निर्वाचन जित्दा द्विवेदी निकटतम प्रतिद्वन्द्वी बनेका थिए । यादवले २२ हजार ५ सय ३७ मत ल्याउँदा द्विवेदीले २० हजार ९ सय १७ मत ल्याएका थिए । त्यसपछि उनलाई पार्टीले साधारण सदस्यसमेत नरहनेगरी कारबाही गरेको थियो । तर, उनी कारबाही गरिएका नेताकी श्रीमति तिवारीलाई देउवाले महिला संघको केन्द्रीय सदस्य बनाएका छन् । द्विवेदी कांग्रेस पर्साका पूर्वसभापति पनि हुन् ।
यता कांग्रेसका पूर्वउपसभापति विमलेन्द्र निधिले पनि आफ्ना दुई आफन्तलाई संघको केन्द्रीय समितिमा घुसाउन सफल भएका छन् । निधिले जेठीसासु र भाञ्जीलाई केन्द्रीय समितिमा घुसाउन सफल भएका हुन् ।
निधिकी जेठीसासु दिपशिखा शर्मा ढकाल र भाञ्जी निनु कर्ण महिला संघको केन्द्रीय समितिमा अटाएका हुन् । सिन्धुलीकी ढकालको सूचीको १७ नम्बरमा र महोत्तरीकी कर्णको १८ औँ नम्बरमा नाम छ ।
ढकाल पूर्वसांसद पनि भएकाले धेरैले आलोचना गरेका छैनन् तर कर्ण भने जुनियर भएकाले धेरैको आलोचनाको पात्र बनेकी छन् ।




















तनहुँ जलविद्युत् आयोजनाद्वारा ९२ योजना सम्पन्न
मध्यपूर्वको तनावका कारण नेपाल, युएई र ओमानबीचको लिग-२ को सिरिज स्थगित
सबै अस्पतालमा ‘द्रुत प्रतिकार्य टोली’ गठन गर्न निर्देशन
मध्यपूर्व युद्धले भारतको ग्यास आपूर्ति जोखिममा
टिकटकर रतन कार्की प्रहरीको नियन्त्रणमा
अमेरिकी युद्धपाेत अब्राहम लिंकनमा क्षेप्यास्त्र प्रहार गरेको इरानी दाबी
इरानकाे आक्रमणमा तीन अमेरिकी सैनिक मारिए
युएईमा फ्रान्सेली सेना रहेको बेसमा इरानकाे आक्रमण
निर्वाचन सामग्री बोकेको गाडी दुर्घटनामा मतदान अधिकृतको पनि मृत्यु
चीनद्वारा इरानी सर्वोच्च नेता खामेनीको हत्याको निन्दा, सैन्य कारबाही तत्काल रोक्न आग्रह
प्रतिक्रिया