सोमबार, मंसिर १५, २०८२

दोस्रो ‘वार्मअप’ खेलमा नेपाल विजयी, कुशलले शतक हान्दा ओमन पराजित

मेरोन्यूज २०८० जेठ ३२ गते २०:२७

काठमाडौँ । ओपनर कुशल भुर्तेलको शतक प्रहारसँगै विश्वकप छनोटको दोस्रो ‘वार्मअप’ म्याचमा नेपाल विजयी भएको छ । नेपालले ओमानलाई २ विकेटले पराजित गरेको हो ।

टर जितेर पहिले ब्याटिङ गरेको ओमनले अन्तिम ओभरमा २६७ रन बनाउँदै अल आउट भएको थियो । बलिङमा नेपालले उत्कृष्ट प्रदर्शन गरेको थियो । खेलमा सोमपाल कामीले ५, सन्दीप लामिछानेले ३ र प्रतिश जिसीले १ विकेट लिए ।

ओमानले दिएको २६८ रनको लक्ष्य नेपालले ४४.५ ओभरमा ८ विकेट गुमाएर पूरा गरेको हो । नेपालका लागि ओपनर कुशल भुर्तेलले शानदार शतकीय इनिङ खेले । उनले ९४ बलमा १०१ रन बनाए ।

अर्का ओपनर आसिफ शेख २४ बल खेल्दै २३ रनमा आउट हुँदा भिम सार्कीले ७४ बलमा ५६ रन बनाए । दीपेन्द्रसिंह ऐरीले २६ रन, कप्तान रोहित पौडेलले ३१ रन र कुशल मल्ले १७ रन बनाउँदा अन्य ब्याटरले उल्लेख्य रन बनाएनन् ।

नेपालले पहिलो वार्मअपमा यूएईसँग ३ विकेटको हार बेहोरेको थियो । नेपाली टिम अहिले विश्वकप छनोटका लागि जिम्बावेमा छ ।

प्रतिक्रिया