बुधबार, वैशाख २३, २०८३

नक्कली भुटानी शरणार्थी प्रकरण

रायमाझी र खाँणसहित १६ जनालाई जेल चलान गर्ने आदेशमा के छ ? (पूर्णपाठ)

मेरोन्यूज २०८० असार १ गते २०:०९

काठमाडौँ । नेपाली जनतालाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउन रचिएको अपराधका १६ अभियुक्तलाई जेल चलान गरिएको छ ।

Advertisement
NiccNicc

मुद्दा किनारा नलागेसम्म पुर्पक्षका लागि उनीहरूलाई केन्द्रीय कारागार चलान गरिएको हो । हाल न्यायिक हिरासतमा रहेका सबैलाई केन्द्रीय कारागार सुन्धारा पठाइएको हो ।

उनीहरू यसअघि प्रहरी परिसर टेकु‚ प्रहरी वृत्त दरबारमार्ग‚ सिंहदरबार‚ कालिमाटी र सोह्रखुट्टेलगायत प्रहरी हिरासत राखिएको थियो ।

अभियुक्तहरूले अमेरिका लैजाने भन्दै २८ करोड ८१ लाख रुपैयाँ ठगी गरेकाले रकम असुलेको देखिएको प्रारम्भिक ठहरसहित पुर्पक्षमा पठाउने आदेश भएको हो ।

थुनामा जानेहरूमा पूर्वउपप्रधानमन्त्री तथा एमालेका नेता टोपबहादुर रायमाझी, पूर्वगृहमन्त्री तथा कांग्रेसका प्रभावशाली नेता बालकृष्ण खाँण, नेपाल सरकारका सचिव टेकनारायण पाण्डे, तत्कालीन गृहमन्त्री रामबहादुर थापाका सुरक्षा सल्लाहकार इन्द्रजित राईसहित १६ जना रहेका छन् ।

प्रहरीले ३० जनाविरुद्ध जिल्ला सरकारी वकिल कार्यालय काठमाडौँमा जेठ १० मा काठमाडौँ जिल्ला अदालतमा मुद्दा दर्ता गराएको थियो ।

उनीहरुविरुद्ध राष्ट्रहित प्रतिकूल, संगठित अपराध, ठगी र कीर्तेका दफा लगाएर बिगो, कैद र जरिवानाको मागदाबीसहित मुद्दा दायर गरिएको थियो ।

पूर्वउप्रधानमन्त्री रायमाझी, पूर्वगृहमन्त्री खाँण, बहालवाला सचिव पाण्डे, तत्कालीन सुरक्षा सल्लाहकार राई, भुटानी शरणार्थी नेता टेकनाथ रिजाल, हज समितिका अध्यक्ष शमशेर मियाँ, कांग्रेसका पूर्वसांसद आङटावा शेर्पासहितलाई प्रतिवादी बनाइएको थियो । त्यसमध्येका १४ जना फरार थिए ।

प्रतिक्रिया