नक्कली भुटानी शरणार्थी प्रकरण
रायमाझी र खाँणसहित १६ जनालाई जेल चलान गर्ने आदेशमा के छ ? (पूर्णपाठ)

काठमाडौँ । नेपाली जनतालाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउन रचिएको अपराधका १६ अभियुक्तलाई जेल चलान गरिएको छ ।
मुद्दा किनारा नलागेसम्म पुर्पक्षका लागि उनीहरूलाई केन्द्रीय कारागार चलान गरिएको हो । हाल न्यायिक हिरासतमा रहेका सबैलाई केन्द्रीय कारागार सुन्धारा पठाइएको हो ।
उनीहरू यसअघि प्रहरी परिसर टेकु‚ प्रहरी वृत्त दरबारमार्ग‚ सिंहदरबार‚ कालिमाटी र सोह्रखुट्टेलगायत प्रहरी हिरासत राखिएको थियो ।
अभियुक्तहरूले अमेरिका लैजाने भन्दै २८ करोड ८१ लाख रुपैयाँ ठगी गरेकाले रकम असुलेको देखिएको प्रारम्भिक ठहरसहित पुर्पक्षमा पठाउने आदेश भएको हो ।
थुनामा जानेहरूमा पूर्वउपप्रधानमन्त्री तथा एमालेका नेता टोपबहादुर रायमाझी, पूर्वगृहमन्त्री तथा कांग्रेसका प्रभावशाली नेता बालकृष्ण खाँण, नेपाल सरकारका सचिव टेकनारायण पाण्डे, तत्कालीन गृहमन्त्री रामबहादुर थापाका सुरक्षा सल्लाहकार इन्द्रजित राईसहित १६ जना रहेका छन् ।
प्रहरीले ३० जनाविरुद्ध जिल्ला सरकारी वकिल कार्यालय काठमाडौँमा जेठ १० मा काठमाडौँ जिल्ला अदालतमा मुद्दा दर्ता गराएको थियो ।
उनीहरुविरुद्ध राष्ट्रहित प्रतिकूल, संगठित अपराध, ठगी र कीर्तेका दफा लगाएर बिगो, कैद र जरिवानाको मागदाबीसहित मुद्दा दायर गरिएको थियो ।
पूर्वउप्रधानमन्त्री रायमाझी, पूर्वगृहमन्त्री खाँण, बहालवाला सचिव पाण्डे, तत्कालीन सुरक्षा सल्लाहकार राई, भुटानी शरणार्थी नेता टेकनाथ रिजाल, हज समितिका अध्यक्ष शमशेर मियाँ, कांग्रेसका पूर्वसांसद आङटावा शेर्पासहितलाई प्रतिवादी बनाइएको थियो । त्यसमध्येका १४ जना फरार थिए ।










काष्ठकलामा सिपालु भीमबहादुर
आज बस्ने भनिएको कांग्रेस बैठक ४ गतेलाई सारियो
प्रतिनिधिसभा निर्वाचन : तनहुँमा दुई मतदान केन्द्र थप गर्न सिफारिस
चितवन र तनहुँको देवघाटधामलाई जोड्ने झोलुङ्गे पुल जीर्ण : शतबीज छर्न आउने भक्तजनलाई समस्या
आज देखि दोस्रो संस्करणको एनपिएल सुरु, पहिलो खेलमा जनकपुर र काठमाडौं भिड्दै
आज कात्तिक कात्तिक २९ गते शनिबार, कस्ताे रहला तपाइकाे राशिफल ?
सन्तोष परियारले किन त्यागे रास्वपा ? यस्ताे छ उनकाे राजीनामा पत्र
सन्तोष परियारले छाडे रास्वपा
नेपाली कम्युनिस्ट पार्टीले पायो दल दर्ताको प्रमाणपत्र
प्रधानमन्त्रीसहित १० मन्त्रीले बुझाए आफ्नो सम्पत्ति विवरण
प्रतिक्रिया