जर्मनी पोल्याण्डसँग पराजित

बार्सा। अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा जर्मनी पोल्यान्डसँग पराजित भएको छ ।
घरेलु टोली पोल्यान्डसँग प्रतिस्पर्धामा उत्रिएको फिफा विश्वकप बिजेता जर्मनी १–० ले पराजित भएको हो ।
जर्मनीको पराजयका लागि पोल्यान्ड ज्याकव किविओरले पहिलो हाफको ३१औं मिनेटमा गरेको गोल नै निर्णायक बन्न पुगेको थियो ।
पोल्यान्डमा शुक्रबार राति भएको खेलमा ७६ प्रतिशत बल पोसेसन राखेपनि जर्मनली घरेलु टोलीको बलियो रक्षापङ्ति तोड्न नसक्दा पराजित हुन परेको अन्तराष्ट्रिय खेल सञ्चारमाध्यमले जनाएका थिए । त्यसमाथी, दोस्रो हाफको ५८औं मिनेटमा जर्मनीले पेनाल्टी पाएपनि भिएआरले उक्त पेनाल्टीलाई खारेज गरिदिदा उसको लागि आएको मौकासमेत गुमाउनु पर्ने अवस्था आयो ।
यस बराबरीसँगै जर्मनी पछिल्लो तीन खेलमा जितविहीन बन्न पुगेको छ । जसअनुसार बेल्जियमसँग ३–२ ले पराजित भएको जर्मनीले गत साता युक्रेनसँग भने ३–३ गोलको बराबरी खेलेको थियो ।















नौ महिनामा एक हजार बढीको शल्यक्रिया
कीर्तिपुर हत्या प्रकरण : तीन जना पक्राउ
फेवातालमा फसेका पाँच भारतीयको सशस्त्रद्वारा सकुशल उद्धार
पश्चिम बंगालमा ममता बनर्जीलाई हराउने भाजपा नेता शुभेन्दुका पीएको हत्या
वैशाख २४ गते बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
सर्वोच्चको नजिर देखाउँदै विश्वप्रकाशले भने-‘संवैधानिक परिषद्मा ३ जनाको बहुमत हुन सक्दैन’
उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीले सम्हाले कार्यभार
प्रतिक्रिया