बुधबार, माघ २१, २०८२

अमेरिका पठाइदिने भन्दै एक करोड ६१ लाख ठगी गर्ने दुई महिला पक्राउ

मेरोन्यूज २०८० असार २ गते १७:२१

काठमाडौँ । अमेरिका पठाइदिने भन्दै ठगी गरेको अभियोगमा दुई महिला पक्राउ परेका छन् । पक्राउ पर्नेमा काठमाडौँ महानगर १५ बौद्ध बस्ने ४५ वर्षीया निर्मला महर्जन र बारा जितपुर सिमरा उपमहानगर १ बस्ने २६ वर्षीया अल्पा ढकाल रहेका छन् ।

अमेरिका बस्दै आएका प्रतिवादीमध्येका टंकराज बस्नेतले फेसबुक र म्यासेञ्जरमा छुट्टाछुट्टै दुई वटा प्रोफाइल खोलेर पीडितसँग चिनजान गरेका थिए । उनैले अमेरिकाको ग्लेनउड स्प्रिङ नामको नेपाली रेष्टुरेन्टमा काम गर्ने गरेको र एक अन्तर्राष्ट्रिय कम्पनीमार्फत भारतीय होटल तथा रेष्टुरेण्टमा मासिक तीन हजार डलरसम्मको जागिर लगाइदिने भन्दै नेपालमा रहेका महर्जन र ढकालमार्फत ३६ जना पीडितबाट एक करोड ६१ लाख रुपैयाँ रकम ठगी गरेका थिए ।

उनीहरूविरुद्ध को जाहेरी परेसँगै नेपाल प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान ब्यूरो महाराजगञ्जबाट खटिएको प्रहरीले दुई जनालाई पक्राउ गरेको हो ।

उनीहरू उपर ठगी, आपराधिक विश्वासघात तथा आपराधिक लाभ (एक्सटर्सन) सम्बन्धी कसूर मुद्दामा जिल्ला अदालत काठमाडौँबाट पाँच दिन म्याद थप अनुमति लिइएको छ ।

प्रतिक्रिया