तीन थान बन्दुकसहित मृग मार्ने चार जना पक्राउ

काठमाडौँ । जिल्ला प्रहरी कार्यालय धादिङले ज्वालामुखी गाउँपालिका ४ धौखोला–दोभारटारस्थित गंगा गुरुङले सञ्चालन गरेको खाजा पसलबाट चोरी सिकारीमा संलग्न चार जनालाई पक्राउ गरेको छ ।
मृग मारेर खाजा खाँदै गर्दा उनीहरूलाई शनिबार राति हतियारसहित पक्राउ गरेको हो । गोप्य सूचनाका आधारमा खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा ज्वालामुखी गाउँपालिका ४ का ६० वर्षीय पदम सिलवाल, ३० वर्षीय राजेन्द्र शाक्य, २८ वर्षीय आशिष गुरुङ र सोही पालिकाको ६ का १९ वर्षीय सुमन गुरुङ रहेका छन् ।
उनीहरूको साथबाट आलो छाला, हड्डीसहितको आलो मासु, लोड गरिएको दुई थानसहित तीन वटा भरुवा बन्दुक, एक थान खुकुरीसहित हतियार फेला परेको प्रहरीले जनाएको छ ।
पक्राउ परेकाहरूलाई जिल्ला अदालतबाट हातहतियार खरखरजना मुद्दामा सात दिन म्याद थप गरी अनुसन्धान गरिरहेको छ । उनीहरूविरुद्ध वन्यजन्तु शिकारसम्बन्धी कसूरमा डिभिजन वन कार्यालय धादिङबाट थप अनुसन्धान हुने भएको छ ।
















यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर
निर्वाचन २९ दिन बाँकीः समानुपातिकतर्फको बन्दसूचीमा पुरुषको तुलनामा महिला बढी
मौसम पूर्वानुमान: आज यी तीन प्रदेशमा हिमपातसहित वर्षाको सम्भावना
आज माघ २१ गते बुधबारको राशिफल,कस्ताे रहला तपाइकाे आजकाे दिन ?
ललितपुरबाट पेस्तोलसहित ३ जना सशस्त्र प्रहरीको नियन्त्रणमा
आज पनि १३ हजार ४ सयले घट्यो सुनको भाउ
मौसम पूर्वानुमान: उच्च पहाडी भेगका एकदुई स्थानमा हल्का हिमपात र वर्षाको सम्भावना
रास्वपाको सङ्घीय निर्वाचन सम्पादन समिति गठन
आगामी निर्वाचन देशको स्वाधीनताका लागि महत्त्वपूर्ण छः उपाध्यक्ष थापा
यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर
प्रतिक्रिया