सोमबार, वैशाख ७, २०८३

विवादित फिल्म ‘आदिपुरुष’ले ३ दिनमा विश्वभरबाट कति कमायो ?

मेरोन्यूज २०८० असार ४ गते ११:४३

काठमाडाैं । प्रभास र कृति सेनन अभिनित फिल्म ‘आदिपुरुष’ले रिलिजको तीन दिन पार गरेको छ । फिल्मले विवादै विवादकाबीच पनि राम्रो कमाइ गरिरहेको छ ।

Advertisement
nepal life insurencenepal life insurenceNiccNicc

ओम राउत निर्देशित ‘आदिपुरूष’ले आइतबारसम्ममा घरेलु बक्स अफिसमा २०० करोड भारूको आँकडा पार गरेको छ । यस्तै फिल्मले विश्वभरबाट भने ३ सय करोड भारूको आँकडा पार गरिसकेको छ ।

फिल्मले पहिलो दिन विश्वभरिबाट १४० करोड भारू कलेक्सन गरेको थियो भने दोस्रो दिन फिल्मको कमाई १०० करोडमा सिमित भएको थियो । तेस्रो दिन फिल्मको ग्लोबल कलेक्सन ६४ करोडको हाराहारीमा रहेकाे थियाे । यसरी फिल्मले तीन दिनमा ३ सय करोडभन्दा बढी कमाइ गरेको छ ।

घरेलु बक्स अफिसमा फिल्मले दुई दिनमै १५० करोडको आँकडा पार गरेकाे थियाे । जसमा फिल्मले पहिलो दिन हिन्दी संस्करणमा ३७.२५ करोड कमाएको थियो भने दोस्रो दिन ३५ करोड कमाएको थियो । तेस्रो दिन फिल्मले (सबै भाषामा) ६४.२५ करोड कलेक्सन गरेको छ ।

प्रतिक्रिया