राष्ट्रपति पौडेलको मुटुको शल्यक्रिया, पेसमेकर राखियो
मेरोन्यूज
२०८० असार ५ गते १४:२५

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलको मुटुको शल्यक्रिया सफलताका साथ सम्पन्न भएको छ ।
महाराजगञ्जस्थित मनमोहन कार्डियो थोरासिक भास्कुलर एण्ड ट्रान्सप्लाण्ट सेन्टरमा राष्ट्रपति पौडेलको मुटुमा शल्यक्रिया गरी पेसमेकर राखिएको हो ।
गत शनिबार राति राष्ट्रपति पौडेल शीतल निवासमै बेहोस भएपछि महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा लगिएको थियो ।
आज मध्यान्ह १२ बजेदेखि २ बजेसम्म राष्ट्रपति पौडेलको मुटुको शल्यक्रिया सम्पन्न भएको अस्पतालले जनाएको छ ।
गत हप्ता मात्रै पौडेललाई छातीमा असहज भएपछि बाँसबारीस्थित सहिद गंगालाल राष्ट्रिय हृदय केन्द्रमा लगिएको थियो ।
सम्बन्धित
















महोत्तरीमा दलभन्दा स्वतन्त्र उम्मेदवारको सङ्ख्या अधिक
एमाले अध्यक्ष ओलीले आज झापा–५ को दक्षिणी क्षेत्रका कार्यकर्तासँग अन्तरक्रिया गर्दै
तोरी काटिरहेको ठाउँमा चितुवाले आक्रमण गर्दा महिलाको मृत्यु
दाङका वनमा महामारी, डढेलो लागेजस्ता देखिए सालका रुख
यस्तो छ आजका लागि फलफूल तथा तरकारीको मूल्य
मलाई भाषण होइन, काम गर्ने मुड छ : बालेन
झापा ५ मा ओली र बालेन भिड्ने पक्का
नेकपाले टुंग्यायो सबै क्षेत्रका उम्मेदवार (सूचीसहित)
दुर्गा प्रसाईं पोखराबाट पक्राउ
रास्वपाले आशिका तामाङलाई दियो टिकट
प्रतिक्रिया