राष्ट्रपति पौडेलको मुटुको शल्यक्रिया, पेसमेकर राखियो
मेरोन्यूज
२०८० असार ५ गते १४:२५

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलको मुटुको शल्यक्रिया सफलताका साथ सम्पन्न भएको छ ।
महाराजगञ्जस्थित मनमोहन कार्डियो थोरासिक भास्कुलर एण्ड ट्रान्सप्लाण्ट सेन्टरमा राष्ट्रपति पौडेलको मुटुमा शल्यक्रिया गरी पेसमेकर राखिएको हो ।
गत शनिबार राति राष्ट्रपति पौडेल शीतल निवासमै बेहोस भएपछि महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा लगिएको थियो ।
आज मध्यान्ह १२ बजेदेखि २ बजेसम्म राष्ट्रपति पौडेलको मुटुको शल्यक्रिया सम्पन्न भएको अस्पतालले जनाएको छ ।
गत हप्ता मात्रै पौडेललाई छातीमा असहज भएपछि बाँसबारीस्थित सहिद गंगालाल राष्ट्रिय हृदय केन्द्रमा लगिएको थियो ।
सम्बन्धित
















प्रधानमन्त्री रहमान द्वारा ढाकालाई स्वच्छ सहर बनाउने लक्ष्यसहित १२ बुँदे योजना सार्वजनिक
फरार प्रतिवादी २६ वर्षपछि पक्राउ
निजामती कर्मचारीको तलब १५ दिनमा भुक्तानी सुरु
अतिक्रमित जग्गामा बनाइएका घरटहरा खाली गर्न आग्रह
जोखिम नक्साङ्कनका लागि तथ्याङ्क अद्यावधिक गरिएको सेनाको स्पष्टोक्ति
नेकपाका सात प्रदेश इन्चार्ज चयन : पूर्व माओवादीबाट दुई मात्रै
सरकारले सुकुम्बासीमाथि कारबाही गर्दा पूर्वतयारी नपुगेको महसुस भयाे : महामन्त्री पौडेल
हप्तामा एक पटक खाना पकाउँदा पनि घट्छ बिर्सने राेगकाे जोखिम
यस्तो छ आज विदेशी मुद्राको विनिमयदर
सशस्त्र प्रहरीको आईजीपीमा नारायणदत्त पौडेल
प्रतिक्रिया