बुधबार, फागुन २०, २०८२

माओवादीले पार्टी नेताहरुलाई गर्‍यो ५ बुँदे निर्देशन (सर्कुलरसहित)

असार २३ देखि केन्द्रीय समिति बैठक आह्रवान, असार १५ भित्र सुझाव, समिक्षा रिपोर्ट बुझाउन निर्देशन

शितल शर्मा २०८० असार ७ गते १४:०८

काठमाडौं । सरकारको नेतृत्व गरिरहेको दल नेकपा (माओवादी केन्द्र)ले पार्टी मातहात कमिटिलाई ५ बुँदे सर्कुलर गरेको छ । लामो समयदेखि केन्द्रीय समितिको बैठक समेत बस्न नसकेर अस्तब्यस्त बनेको संगठनलाई गति दिन उसले करिव एक वर्षपछि पार्टीको केन्द्रीय समितिको बैठक बोलाएको छ ।

Advertisement
nepal life insurencenepal life insurence

आगामी असार २३ गते माओवादीले पार्टी केन्द्रीय समितिको बैठक बोलाएको हो ।

प्रज्ञा भबन कमलादीमा केन्द्रीय समितिको बैठक बोलाइएको जानकारीसहित केन्द्रीय कार्यालयका तर्फबाट अध्यक्ष प्रचण्ड र महासचिव देव गुरुङले हस्ताक्षर गरेर पार्टी नेताहरुलाई परिपत्र गरिएको छ । परिपत्र आजै जारी गरिएको हो ।

माओवादीले गत वर्षको मंसिरको चुनाव अगाडी देखि केन्द्रीय समितिको बैठक नै बोलाएको थिएन । विद्यानतः ३ महिनामा पार्टीको केन्द्रीय समितिको बैठक बोलाउनु पर्ने भएपनि विद्यानको ब्यवस्था उल्लंघन गदै बैठक समेत बोलाएको थिएन ।

केही परे पदाधिकारी बैठक बोलाएर छलफल गदैं आएको उसले केन्द्रीय समिति बैठक अगाडी भने पार्टीले अगाडी बढाएको दुई महिने अभियानको समिक्षा सहितको लिखित प्रतिवेदन केन्द्रीय समितिको बैठक अगाडी नै सवै प्रदेशहरुलाई असार १५ भित्रै केन्द्रीय कार्यालयमा अनिवार्य बुझाईसक्न निर्देशन गरेको छ ।
निर्वाचन पछि माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड प्रधानमन्त्री छन् ।

उनी गत पुस १० देखि सरकारको नेतृत्वमा छन् । उनी सुरुमा कांग्रेसले साथ नदिएपछि एमालेको साथ र समर्थन लिएर प्रधानमन्त्री बनेका थिए । पछि उनले एमालेको साथ छोडेर कांग्रेससहितको पूरानै चुनावका बेलाको गठबन्धन ब्यूताएर अहिले सरकारको नेतृत्व सम्हालिरहेका छन् । एमालेसँगको गठबन्धन भत्काउन उनले राष्ट्रपतिमा कांग्रेसलाई साथ दिएर कांग्रेसको साथ लिएका थिए ।

यस अगाडी माओवादीले डा बाबुराम भटटराई नेतृत्वका नेपाल समाजवादी पार्टीसँगको पार्टी एकताका लागि छलफल गर्न भनेर केन्द्रीय समिति बैठक बोलाउने तयारी गरेपनि त्यसलाई रोकेर पार्टीको पदाधिकारी र स्थायी समितिको मात्र बैठक बसालेको थियो ।

त्यस बैठकबाट नेताहरुको कार्यविभाजन पूरानै कायम राख्ने गरी प्रदेशस्तरमै कार्यविभाजनको जिम्मा छोडेको थियो ।

जसकाकारण केन्द्रीय समितिको बैठक झण्डै बर्ष दिन पुग्न लाग्दा समेत बस्न सकेको थिएन ।

बाबुरामको पार्टीसँग एकताको छलफल गर्न यस अगाडी केसको बैठक बोलाउने तयारी गरेपनि नबसेको माओवादीले अहिले समाजवादी मोर्चा बनाएको छ । तर मोर्चाम बाबुराम भटटराईको पार्टी भने सहभागी छैन । नेत्रविक्रम चन्द विप्लव, उपेन्द्र यादव र माधव नेपालको पार्टीसँग सहकार्य गर्ने गरि समाजवादी मोर्चा भने बनेको छ । माओवादी गत चुनावमा भन्दा यसपटक खुम्चिएको छ । पहिलो ५३ सिट सांसद संख्या रहेको माओवादीको अहिले प्रतिनिधिसभामा ३२ सिट छ ।

चुनावको समिक्षा समेत माओवादीले केन्द्रीय समितिमा गरेको छैन । त्यस्तै यो बीचमा सरकारको मोर्चा फेर्ने देखि सरकारले गरिरहेका कामको समिक्षा पनि पार्टीभित्र गरेको छैन । यी सवै विषय अहिले केन्द्रीय समिति बैठकमा छलफल हुने नेताहरुको भनाई छ ।

५ वुँदे यस्ता छन् निर्देशन
माओवादीले असार २३ गते बोलाइएको केन्द्रीय समितिको बैठक अगाडी केन्द्रीय कार्यालयमा पार्टीका समिक्षात्मक रिपोर्ट, सदस्यता नविकरण लगायतका विषयमा रहेको तथ्यांकसहितको प्रतिवेदन बुझाउन मातहातको प्रदेश कमिटिलाई निर्देशन गरेको छ ।

बिहिबार जारी गरिएको परिपत्र अनुसार, २ महिने अभियानको समग्र समिक्षा सहितको लिखित प्रतिवेदन असार १५ गतेभित्र सवै प्रदेशलाई अनिवार्य केन्द्रीय कार्यालयमा बुझाउन निर्देशन गरिएको छ ।

त्यस्तै स्थानीय, प्रदेश र केन्द्रसहितको तीनै तहको निर्वाचनमा भएका घात प्रतिघात र कमीमजोरीहरु भए त्यसको समेत लिखित प्रतिवेदन असार १५ भित्रै केन्द्रीय कार्यालयमा बुझाउन निर्देशन गरिएको छ ।

पार्टी केन्द्रलाई केही सुझावहरु भए केन्द्रीय सदस्य, केन्द्रीय विभागका प्रमुखहरु, मोचद्र्धाका फयाक्सन इन्चार्जहरु समेत सवैले लिखित रुपमा असार १५ भित्रै केन्द्रमा पठाउन पनि निर्देशन गरिएको छ ।

त्यस्तै उसले लेबि बुझाउन बाँकी सबै केन्द्रीय सदस्यहरु, प्रदेशहरुले बुझाउनु पर्ने २० प्रतिशत लेबि र २०७८ पौषमा सम्पन्न पार्टी महाधिवेशनको हिसाब पछ्यौट गर्न बाँकी रहेका प्रदेशहरुलाई समेत अनिवार्य हिसाव मिलान गरी पछ्यौट गर्न माओवादीको केन्द्रीय कार्यालयले निर्देशन गरेको छ ।

शितल शर्मा

मेरोन्यूजकर्मी शर्मा राजनितिक र समसामयीक विषयमा कलम चलाउछन् ।

प्रतिक्रिया