विश्व विजेतालाई दबाबमा राख्दै नेपाल

काठमाडौँ । जिम्बाव्वेमा जारी आईसीसी एक दिवशीय विश्वकप छनोटअन्तर्गत आफ्नो तेस्रो खेलमा नेपालले फिल्डिङ गरिरहेको छ ।
दुई पटकको विश्व विजेता देश वेष्ट इण्डिजलाई नेपाली खेलाडीहरूले दबाबमा राखेका छन् । दबाबमा रहेका वेष्ट इण्डिजका ब्याटरहरू एकपछि अर्को आउट भएका छन् । १६ औँ ओभरको खेलसम्म नेपालले तीन विकेट हात पारिसकेको छ ।
वेष्ट इण्डिजले १६ ओभर खेल पूरा गर्दा जम्मा ५५ रन बनाएको छ । नेपालले दोस्रो ओभरमै वेष्ट इण्डिजका ओपनर केल मायर्सलाई आउट गरेको थियो ।
करण केसीको बलमा कुशल भुर्तेलले मिडविकेट क्षेत्रमा क्याच आउट गर्दा मायर्स आउट भएका हुन् । उनले एक रन मात्रै बनाउन पाए ।
पाँचौं ओभरमा वेष्ट इण्डिजका तेस्रो नम्बरका ब्याटर जोन्सन चार्ल्स आउट भए । उनलाई गुल्सन झाले विकेटकिपर आसिफ शेखबाट आउट गरेका हुन् ।
जारी खेलको पहिलो बलमै गुल्सनले विकेट लिएका हुन् । गुल्सनको निसामा परेका चार्ल्स ६ बल खेल्द विना रन आउट भए ।
यस्तै, खेलको १६ औँ ओभर बलिङ गरेका सन्दीप लामिछानेले महत्वपूर्ण विकेट लिए । उनले ब्रानडोन किङलाई आउट गरेका हुन् ।
किङ ४२ बल खेल्दै ३२ रन बनाएर आउट भएका हुन् । उनले दुई छक्का र दुई चौका प्रहार गरे । लामिछानेले किङलाई डक आउट गर्दा वेष्ट इण्डिजको खातामा जम्मा ५५ रन बनेको थियो ।
आजको खेलमा नेपाली टिममा अमेरिकाविरुद्ध खेलेको टिममा कुनै परिवर्तन गरको छैन । हातमा चोट लागेका सोमपाल कामी बेञ्चमै बसेका छन् ।
प्रतियोगिताको समूह ए मा रहेको नेपालले यसअघिका दुई खेलमा एक हार र एक जित निकालेको छ ।
आफ्नो पहिलो खेलमा ३ असारमा घरेलु टोली जिम्बाव्वेसँग ८ विकेटले पराजित भएको नेपाल ५ असारमा खेलिएको अमेरिकाविरुद्धको खेलमा ६ विकेटले विजयी भएको थियो ।
अमेरिकाविरुद्ध पहिला फिल्डङ गरेको नेपालले जम्मा २०८ रनको लक्ष्य पाएको थियो । करण केसीको उत्कृष्ट प्रर्दशनीमा नेपालले शानदार जित निकालेको हो । उक्त खेलमा करणले चार विकेट लिएका थिए ।
जवाफी ब्याटिङमा भीम सार्कीले उत्कृष्ट प्रर्दशन गरे । उनको ७७ रनको अविजित पारीमा नेपाल विजयी भएको हो । उक्त खेलमा नेपालले ४३ ओभरमै आफ्नो लक्ष्य भेट्टाएको थियो ।
















प्रधानमन्त्री बालेन भन्छन्- विद्यार्थी र कर्मचारी संगठनहरू दलको ‘स्लिपर सेल’ भए
ओमान विरुद्ध ब्याटिङ गर्दै नेपाल, दुई खेलाडी परिवर्तन
रोशी खोलामा फसेका ८९ यात्रुको उद्धार
दुई अमेरिकी युद्धपोतले इरानी आक्रमणका बीच पार गरे होर्मुज जलमार्ग
बढ्यो आज तरकारीको मुल्य
सुकुमवासीलाई चैत मसान्तभित्र व्यवस्थित बासस्थान उपलब्ध गराउन सरकारलाई रास्वपाको आग्रह
विवादपछी अमेरिकाले जर्मनीबाट पाँच हजार सेना फिर्ता गर्दै
बालेनलाई ज्ञवालीको प्रश्न: बागमती किनारमा बगिरहेका आँशुले कसरी नेपाल हाँसिरहेको देखिन्छ?
इरानको तेल किन्ने कम्पनीहरूमाथि अमेरिकाले लगाएको प्रतिबन्ध चीनद्वरा खारेज
युरोपमा अमेरिकी प्रभाव घट्ने सङ्केत, जर्मनीबाट अमेरिकी सैनिक फिर्ता गर्ने योजना
प्रतिक्रिया