विश्व विजेतालाई दबाबमा राख्दै नेपाल

काठमाडौँ । जिम्बाव्वेमा जारी आईसीसी एक दिवशीय विश्वकप छनोटअन्तर्गत आफ्नो तेस्रो खेलमा नेपालले फिल्डिङ गरिरहेको छ ।
दुई पटकको विश्व विजेता देश वेष्ट इण्डिजलाई नेपाली खेलाडीहरूले दबाबमा राखेका छन् । दबाबमा रहेका वेष्ट इण्डिजका ब्याटरहरू एकपछि अर्को आउट भएका छन् । १६ औँ ओभरको खेलसम्म नेपालले तीन विकेट हात पारिसकेको छ ।
वेष्ट इण्डिजले १६ ओभर खेल पूरा गर्दा जम्मा ५५ रन बनाएको छ । नेपालले दोस्रो ओभरमै वेष्ट इण्डिजका ओपनर केल मायर्सलाई आउट गरेको थियो ।
करण केसीको बलमा कुशल भुर्तेलले मिडविकेट क्षेत्रमा क्याच आउट गर्दा मायर्स आउट भएका हुन् । उनले एक रन मात्रै बनाउन पाए ।
पाँचौं ओभरमा वेष्ट इण्डिजका तेस्रो नम्बरका ब्याटर जोन्सन चार्ल्स आउट भए । उनलाई गुल्सन झाले विकेटकिपर आसिफ शेखबाट आउट गरेका हुन् ।
जारी खेलको पहिलो बलमै गुल्सनले विकेट लिएका हुन् । गुल्सनको निसामा परेका चार्ल्स ६ बल खेल्द विना रन आउट भए ।
यस्तै, खेलको १६ औँ ओभर बलिङ गरेका सन्दीप लामिछानेले महत्वपूर्ण विकेट लिए । उनले ब्रानडोन किङलाई आउट गरेका हुन् ।
किङ ४२ बल खेल्दै ३२ रन बनाएर आउट भएका हुन् । उनले दुई छक्का र दुई चौका प्रहार गरे । लामिछानेले किङलाई डक आउट गर्दा वेष्ट इण्डिजको खातामा जम्मा ५५ रन बनेको थियो ।
आजको खेलमा नेपाली टिममा अमेरिकाविरुद्ध खेलेको टिममा कुनै परिवर्तन गरको छैन । हातमा चोट लागेका सोमपाल कामी बेञ्चमै बसेका छन् ।
प्रतियोगिताको समूह ए मा रहेको नेपालले यसअघिका दुई खेलमा एक हार र एक जित निकालेको छ ।
आफ्नो पहिलो खेलमा ३ असारमा घरेलु टोली जिम्बाव्वेसँग ८ विकेटले पराजित भएको नेपाल ५ असारमा खेलिएको अमेरिकाविरुद्धको खेलमा ६ विकेटले विजयी भएको थियो ।
अमेरिकाविरुद्ध पहिला फिल्डङ गरेको नेपालले जम्मा २०८ रनको लक्ष्य पाएको थियो । करण केसीको उत्कृष्ट प्रर्दशनीमा नेपालले शानदार जित निकालेको हो । उक्त खेलमा करणले चार विकेट लिएका थिए ।
जवाफी ब्याटिङमा भीम सार्कीले उत्कृष्ट प्रर्दशन गरे । उनको ७७ रनको अविजित पारीमा नेपाल विजयी भएको हो । उक्त खेलमा नेपालले ४३ ओभरमै आफ्नो लक्ष्य भेट्टाएको थियो ।









मधेस प्रदेशका मुख्यमन्त्रीलाई २४ घण्टाभित्र विश्वासको मत लिन सर्वोच्चको परमादेश
नगद कारोबारको सीमा घटाइयो, ५ लाखमाथि अनिवार्य बैंकमार्फत
मन्त्रिपरिषद्का निर्णयः ‘जेनजी’ सहिद परिवारलाई परिचयपत्र, भदौ २३ गते ‘जेनजी’ सहिद दिवस
इन्डोनेशियामा बाढी र पहिरोबाट मृत्यु हुने सङ्ख्या ५०२ पुग्यो
बैकुण्ठ अर्याल सचिवमा बढुवा
कपालमा पर्ने चायाबाट छुटकारा पाउने उपाएहरु यस्ता छन्
इमरान खानको अवस्थाबारे पाकिस्तानी सिनेटरले के भने ?
आज २०८२ साल मंसिर १३ गते शनिबारको राशिफल
आज मंसिर १५ गते सोमबार, कस्ताे रहला तपाइकाे राशिफल ?
एनपिएलमा पहिलोपटक विदेशी कप्तान
प्रतिक्रिया