अदालतलाई मान्नेवाला छैन, भारतीय चलचित्र चल्न दिन्न : मेयर शाह

काठमाडौँ । काठमाडौँ महानगरका मेयर बालेन शाहले काठमाडौँका फिल्म हलहरूमा भारतीय चलचित्र प्रदर्शन गर्न नदिने दोहोर्याएका छन् ।
उच्च अदालतले दिएको आदेश नमान्ने भन्दै मेयर शाहले अदालत र सरकार भारतको गुलाममा भएको संकेत गरेका छन् । उनले आफ्नो सामाजिक सञ्जालमा भनेका छन्, ‘फिल्म लेखकले नेपाल भारतको अधिनमा थियो भनिसकेपछि उनीहरूको नियत थाहा हुन्छ, यो कुरालाई नेपाल सरकारले स्टण्ट भन्नु र अदालतले फिल्म चल्न दिनु भनेको नेपाल भारतको अधिनमा थियो, अदालत र सरकार भारतको गुलाम भएको बुजिन्छ ।’
यस्तै, मेयर शाहले देशको सार्वभौमिकता र स्वाधिनतामा आफूले कुनै कानुन र अदालतलाई मान्नेवाला नभएको बताए । ‘जहाँ सवाल देशको सार्वभौमिकता र स्वाधिनताको आउँछ म कुनै कानुन र अदालतलाई मान्नेवाला छैन,’ उनले भनेका छन् ।
उच्च अदालत पाटनले बिहीबार भारतीय चलचित्रलगायत सेन्सर बोर्डले स्वीकृत गरेका चलचित्रको प्रदर्शन नरोक्न अल्पकालीन अन्तरिम आदेश दिएको थियो ।
अदालतले आदेश दिएसँगै मेयर शाहले भारतीय फिल्मको प्रदर्शन हुन नदिने बरु जुनसुकै सजाय भोग्न तयार हुने बताए । मेयरको निर्णयविरुद्ध चलचित्र संघ अदालत गएको थियो ।










भियतनाममा भीषण बाढी, कम्तीमा ९० जनाको मृत्यु
सर्वोच्च अदालत तोडफोड र आगजानी गर्ने दुई जना पक्राउ
छुटे दुर्गा प्रसाईं
भ्रष्ट्राचारमा शून्य सहनशिलता अपनाउन मन्त्री खरेललाई गृह जिल्लावासीको आग्रह
कास्कीको अन्नपूर्ण आसपास भूकम्प
आज २०८२ साल मंसिर ५ गते शुक्रबारको राशिफल
आज २०८२ साल मंसिर ६ गते शनिबारको राशिफल
सुशीलाजी राणा शासनभन्दा कडा निस्किनु भाे : ओली
एनपीएलमा सुदूरपश्चिमकाे लगातार दोस्रो जित
बङ्गलादेशमा ५.५ म्याग्निच्युडको भूकम्प, कम्तीमा ६ जनाको मृत्यु
प्रतिक्रिया