अदालतलाई मान्नेवाला छैन, भारतीय चलचित्र चल्न दिन्न : मेयर शाह

काठमाडौँ । काठमाडौँ महानगरका मेयर बालेन शाहले काठमाडौँका फिल्म हलहरूमा भारतीय चलचित्र प्रदर्शन गर्न नदिने दोहोर्याएका छन् ।
उच्च अदालतले दिएको आदेश नमान्ने भन्दै मेयर शाहले अदालत र सरकार भारतको गुलाममा भएको संकेत गरेका छन् । उनले आफ्नो सामाजिक सञ्जालमा भनेका छन्, ‘फिल्म लेखकले नेपाल भारतको अधिनमा थियो भनिसकेपछि उनीहरूको नियत थाहा हुन्छ, यो कुरालाई नेपाल सरकारले स्टण्ट भन्नु र अदालतले फिल्म चल्न दिनु भनेको नेपाल भारतको अधिनमा थियो, अदालत र सरकार भारतको गुलाम भएको बुजिन्छ ।’
यस्तै, मेयर शाहले देशको सार्वभौमिकता र स्वाधिनतामा आफूले कुनै कानुन र अदालतलाई मान्नेवाला नभएको बताए । ‘जहाँ सवाल देशको सार्वभौमिकता र स्वाधिनताको आउँछ म कुनै कानुन र अदालतलाई मान्नेवाला छैन,’ उनले भनेका छन् ।
उच्च अदालत पाटनले बिहीबार भारतीय चलचित्रलगायत सेन्सर बोर्डले स्वीकृत गरेका चलचित्रको प्रदर्शन नरोक्न अल्पकालीन अन्तरिम आदेश दिएको थियो ।
अदालतले आदेश दिएसँगै मेयर शाहले भारतीय फिल्मको प्रदर्शन हुन नदिने बरु जुनसुकै सजाय भोग्न तयार हुने बताए । मेयरको निर्णयविरुद्ध चलचित्र संघ अदालत गएको थियो ।


















अक्षय तृतीयाः डोलेश्वरमा दर्शनार्थीको घुइचो
गोरखामा चट्याङ लागेर युवकको मृत्यु
सरकारी कर्मचारीले पाक्षिक रुपमा तलबभत्ता पाउने
लुम्बिनी प्रदेशसभाको बैठक बस्दै
नेपाल धितोपत्र बोर्डको अध्यक्ष श्रेष्ठले दिए राजीनामा
विद्यालय शिक्षा ऐन छिटो ल्याउन मन्त्री पोखरेललाई आग्रह
अवहेलना मुद्दामा प्रधानमन्त्री बालेनलाई वारेस राख्न अनुमति
मौसम पूर्वानुमान : आज यी ६ प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
सन् २०२५ मा नौ सय रोहिंग्या शरणार्थीको मृत्यु
प्रतिक्रिया