बिहीबार, वैशाख २४, २०८३

विश्वकप क्रिकेट छनोट

नेपाल सुपर सिक्समा पुग्न नेदरल्यान्डलाई जित्नै पर्ने

मेरोन्यूज २०८० असार ८ गते १२:२९

काठमाडौं । नेपाल अहिले जिम्बावेको हरारेमा भइरहेको आईसीसी एकदिवसीय विश्वकप क्रिकेट छनोटमा प्रतिष्पर्धा गरिरहेको छ ।

Advertisement
NiccNicc

अहिलेसम्म तीन खेलेको नेपाल दुईमा पराजय ब्यहोरेको छ भने एक खेलमा विजय हासिल गरेको छ । नेपालले बिहीबार वेस्टइन्डिजसँग १०१ रनको फराकिलो हार ब्यहो¥यो । पहिलो खेलमा जिम्बावेसँग ८ विकेटले पराजय ब्यहोरेको नेपालले अमेरिकालाई भने पराजित भएको थियो ।

अब नेपालसँग सुपर सिक्समा पुग्ने एकमात्र सम्भावना बाँकी एक खेलमा नेदरल्याण्डलाई हराउनु हो । शनिबार नेपालले समूह चरणको अन्तिम खेल नेदरल्यान्डस्‌सँग खेल्दैछ। खेल जितेको अवस्थामा नेपाल सुपर सिक्समा पुग्ने सम्भावना कायम रहन्छ ।

अहिले समूह ‘ए’ मा नेपाल २ अंकका साथ चौथो स्थानमा छ। २ खेलमा एक हार र एक जित निकालेको नेदरल्यान्डस्‌ समान २ अंकका साथ नेट रनरेटका कारण नेपालभन्दा अगाडि छ।

नेदरल्यान्डस्‌का लागि पनि नेपालसँगको खेल निर्णायक हो । नेपालसँगको खेलमा पराजित नेदरल्याण्डको पनि अन्तिम खेल वेस्टइन्डिजसँग बाँकी हुन्छ। समूह ‘ए’मा सवैभन्दा बलियो देखिएको वेस्टइन्डिजसँग जित निकाल्न त्यति सजिलो छैन।

नेपालसँग हारेर नेदरल्यान्डले वेस्टइन्डिजसँग जितेको खण्डमा नेट रनरेटका आधारमा अघि रहेको टोली सुपर ६ मा पुग्नेछ। नेदरल्यान्डस्‌लाई हराउँदा नेपालको रनरेट उकासिने सम्भावना देखिन्छ।

समूह ‘ए’ मै रहेको अमेरिका ३ वटै खेलमा पराजय भोगेर समूह चरणबाटै बाहिरिने पहिलो टोली बनेको छ। समूह ‘ए’बाट जिम्बावे र वेस्टइन्डिज सुपर ६ मा पुग्ने निश्चित भइसकेको छ ।

शुक्रबार समूह ‘बी’का खेल हुँदैछन्। समूह ‘बी’को शीर्षमा रहेको ओमानले दोस्रो नम्बरमा रहेको श्रीलंकाको सामना गर्दैछ। एउटा खेल मात्रै खेलेको श्रीलंकाले जित निकालेर २ अंक बनाएको छ भने ओमानले २ खेल जितेर ४ अंक बनाएको छ।

एउटा खेल मात्रै खेलेर तेस्रो नम्बरमा रहेको स्कटल्यान्ड समूहको पुछारमा रहेको युएईसँग खेल्दैछ। दुई खेल खेलिसकेको युएईले दुवैमा पराजय भोगेको छ। यो समूहको आयरल्यान्ड पनि दुवै खेल हारेर चौथो नम्बरमा छ।

प्रतिक्रिया