कला जीवनको अभिन्न पक्ष होः गृहमन्त्री श्रेष्ठ

काठमाडौं । उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले कला जीवनका विभिन्न आयामहरुको प्रतिबिम्व भएको बताएका छन् ।
शुक्रवारबाट काठमाडौंमा नेपालस्थित बंगलादेशी दुतावासले शुरु गरेको लभ फर ल्याङ्ग्वेज एण्ड कल्चर मेलालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । कलाले परम्परा, संस्कृतिलाई प्रतिनिधित्व गर्ने, पहिचानलाई पनि आफ्नो समाज र विश्वमै सम्प्रेषित गर्ने काम गर्ने उनले बताए । कला जीवनको अभिन्न पक्ष भएको भन्दै कलाको संरक्षण र संवद्र्धन गर्न जरुरी रहेको समेत बताए ।
उनले भने, ‘कला वास्तवमा जीवनको विभिन्न आयामहरुको प्रतिविम्व हो । यसले हाम्रो परम्परा, संस्कृतिलाई प्रतिनिधित्व गर्छ । यसले पहिचानलाई पनि आफ्नो समाज र विश्वमै सम्प्रेषित गर्ने काम गर्छ । यसको आफ्नै महत्व छ । जीवनको अभिन्न पक्ष हो कला ।’
मेला असार ८ गतेदेखि १२ गतेसम्म बबरमहलस्थित कला परिषद्मा सञ्चालन हुनेछ । मेलामा नेपाल र बंगलादेशबीचका सम्बन्धका सांस्कृतिक महत्वका चित्रहरु प्रदर्शन गरिनेछ ।









१ खर्ब पुग्न लाग्यो सामाजिक सुरक्षा कोषमा योगदानको रकम
बागलुङमा थपिए ५ हजार ३९३ मतदाता
अर्घाखाँची सिमेन्टलाई दुई लाख जरिवाना
एनपीएलमा आज दुई खेल हुँदै
हाम्रो मुख्य लक्ष्य चुनाव हो, यसैको वातावरण बनाउँदै छौं : मन्त्री खरेल
आज २०८२ साल मंसिर ६ गते शनिबारको राशिफल
सुशीलाजी राणा शासनभन्दा कडा निस्किनु भाे : ओली
एनपीएलमा सुदूरपश्चिमकाे लगातार दोस्रो जित
बङ्गलादेशमा ५.५ म्याग्निच्युडको भूकम्प, कम्तीमा ६ जनाको मृत्यु
पाल्पामा दाङबाट आएका विद्यार्थी बोकेको बस दुर्घटना
प्रतिक्रिया