विपन्न नागरिकलाई निःशुल्क उपचार नभए कारबाही हुन्छ : मन्त्री बस्नेत
मेरोन्यूज
२०८० असार ८ गते १८:५२

काठमाडौँ । स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले विपन्न नागरिकलाई निःशुल्क उपचार नगराउने अस्पताललाई कारबाही गर्ने बताएका छन् ।
शुक्रबार मन्त्रालयले गरेको नेपाल जनसांख्यिक तथा स्वास्थ्य सर्वेक्षण २०२२ को नतिजा सार्वजकि कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री बस्नेतले विपन्न, गरिब, असहाय र बेवारिसे नागरिकलाई निःशुल्क उपचार नगर्ने अस्पताललाई कारबाही गर्ने बताएका हुन् ।
उनले अस्पताल सञ्चालनका लागि सरकारसँग अनुमति लिँदा १० प्रतिशत उपचार विपन्न, गरिब, असहाय, बेवारिसे बिरामीलाई निःशुल्क गर्न गरिएको सम्झौता कार्यान्वयन गर्न आग्रह गरे ।
उनले दशकौँदेखि सो सम्झौता कार्यान्वयन हुन नसकेको अवस्थामा आफू स्वास्थ्य मन्त्रालयमा आएसँगै कार्यान्वयन हुन थालेको बताए । उनले आफू सुर्तीजन्य पद्धार्थमा कर बढाउनका लागि लागेको बताए ।
सम्बन्धित
















एमाले अध्यक्ष ओलीले आज झापा–५ को दक्षिणी क्षेत्रका कार्यकर्तासँग अन्तरक्रिया गर्दै
तोरी काटिरहेको ठाउँमा चितुवाले आक्रमण गर्दा महिलाको मृत्यु
दाङका वनमा महामारी, डढेलो लागेजस्ता देखिए सालका रुख
यस्तो छ आजका लागि फलफूल तथा तरकारीको मूल्य
मकवानपुरको सिमखोलामा सवारी दुर्घटना, एक जनाको मृत्यु
मलाई भाषण होइन, काम गर्ने मुड छ : बालेन
दुर्गा प्रसाईं पोखराबाट पक्राउ
झापा ५ मा ओली र बालेन भिड्ने पक्का
नेकपाले टुंग्यायो सबै क्षेत्रका उम्मेदवार (सूचीसहित)
रास्वपाले आशिका तामाङलाई दियो टिकट
प्रतिक्रिया