नक्कली भुटानी शरणार्थी प्रकरणमा प्रमाणका आधारमा थप कारवाही अघि बढ्छ : गृहमन्त्री

काठमाडौं । उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले नक्कली शरणार्थी प्रकरणको अनुसन्धान चलिरहेको र तथ्य एवं प्रमाणका आधारमा थप कारवाही अगाडि बढ्ने बताएका छन् ।
विनियोजन विधेयकअन्तर्गत गृह मन्त्रालयको छलफलमा उठेका प्रश्नको प्रतिनिधि सभामा जवाफ दिँदै मन्त्री श्रेष्ठले नक्कली शरणार्थी प्रकरणमा मन्त्रालयले ठोस पहलकदमी लिएका कारण केही पात्र जेलमा पुगेको बताए ।
मन्त्री श्रेष्ठले अनुसन्धान प्रक्रिया चलिरहेकाले तथ्य र प्रमाणका आधारमा कारवाही अगाडि बढाउने बताए ।
‘नेपाली नागरिकलाई अनागरिक बनाएर अर्काको देशमा शरणार्थीको रूपमा पठाउने जुन प्रवृत्तिले काम गरिरहेको थियो, त्यसको अनुसन्धान गर्दै कानूनको दायरामा ल्याउने काम भएको छ । ठगी, संगठित अपराध, राज्यविरुद्धको अपराध र कीर्ते काम गर्ने यस प्रकारका गतिविधिलाई पूरै दण्डित गर्नका लागि ठोस पहलकदमी लिएको अवगतै छ,’ मन्त्री श्रेष्ठले भने ।
उनले थप केही पात्रलाई अभियोजन प्रक्रिया अगाडि बढाइएको जानकारी दिए । तथ्य र प्रमाणका आधारमा थप काम कारवाही अगाडि बढाउने बताए ।
मन्त्री श्रेष्ठले सुराकी खर्चको नाममा गृहमन्त्री र सचिवले तजबिजमा लिने गरेको खर्च कटौती आफ्नै पालामा शुरू गरेको बताए ।
















चन्द्रमाको मानव मिसन अघि बढाउँदै नासा : रकेट इन्धन परीक्षण सफल
सर्लाहीमा कार दुर्घटना : एक युवकको मृत्यु, ३ जना घाइते
निर्वाचन सुरक्षाका लागि आजदेखि सेना परिचालन गरिदै
बाल सुधारगृह सानोठिमीमा अब बालिका मात्रै राखिने
यस्तो छ आजका लागि कृषिउपजको मूल्य
आज पनि १३ हजार ४ सयले घट्यो सुनको भाउ
आगामी निर्वाचन देशको स्वाधीनताका लागि महत्त्वपूर्ण छः उपाध्यक्ष थापा
रास्वपाको सङ्घीय निर्वाचन सम्पादन समिति गठन
यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर
पाकिस्तानले विश्वकपमा भारतसँग नखेल्ने घाेषणापछि आईसीसीको चेतावनी
प्रतिक्रिया