दैलेखका ७३ हजार पशुमा ‘लम्पी स्किन’

दैलेख । दैलेखका करिब ७३ हजार पशुमा ‘लम्पी स्किन’ रोगको सङ्क्रमण देखिएको छ । पशुमा महामारीका रूपमा ‘लम्पी स्किन’ रोग देखिन थालेपछि किसानमा चिन्ता छाएको छ । सो रोगका कारण हालसम्म दैलेखमा मात्र करिब चार सय ३५ पशु मरेका छन् ।
विशेषगरी गोरुमा यो रोग देखिने गरेको पशु अस्पताल तथा पशु सेवा कार्यालयका निमित्त कार्यालय प्रमुख भीमबहादुर विष्टल हालसम्म दैलेखका ११ स्थानीय तहका ९० वडामा करिब ७३ हजार पशुमा लम्पी स्किन देखापरेको भने ।
पशुमा उक्त रोग महामारीका रूपमा फैलन थालेपछि सम्बन्धित निकायले चासो दिएका छन् । बर्खाको समयमा गोरु मर्न थालेपछि खेती लगाउन किसानलाई समस्या हुने भएको छ । निमित्त कार्यालय प्रमुख विष्टले सो रोग नियन्त्रणका लागि काम भइरहेको बताए ।
“पशुमा लम्पी स्किन फैलिएपछि कार्यालयले औषधि खरिद गरी स्थानीय तहमा पठाएको छ, सचेतनाका कार्यक्रम सञ्चालन गरेका छौँ, स्थानीय तह टोलटोलमा पशु प्राविधिक खटाएर रोग नियन्त्रणतर्फ लागेका छन्”, विष्टले भने ।
उक्त रोग लागेमा पशुलाई ज्वरो आउने, झोक्राउने, खाना नखाने, दूध घटेर जाने, खटिरा आउने र अन्त्यमा मृत्यु हुने गरेको र किर्ना, भुसाना, झिँगा, लामखुट्टे आदिका माध्यमबाट एउटा पशुबाट अर्कोमा सर्ने हुँदा फैलनेक्रम बढ्दो छ ।
उनले भने, “रोगविरुद्धको खोप नहुँदा र प्रभावकारी उपचार नहुँदा थप समस्या भएको हो, हालसम्म प्राप्त जानकारीअनुसार जिल्लामा करिब चार सय ३५ पशु मरेका छन्, रोग नियन्त्रण हुनेक्रम जारी छ, सङ्क्रमण देखिएका पशुलाई अलग्गै राख्ने, सरसफाइ गर्ने र किर्ना, लामखुट्टे र भुसुना नियन्त्रणको उपाय खोज्नुपर्छ ।”
















मध्यपूर्व युद्धले विश्व अर्थतन्त्रमा ठूलो असर
DoFE directs cyber centres, training centres to remove misleading announcements
इरानले स्ट्रेट अफ होर्मुजमा शुल्क लगाउनु हुदैन ः ट्रम्प
Price of gold rises
संयुक्त राष्ट्रसंघमा भिटोमार्फत इरानको पक्षमा उभिए रूस र चीन
यी हुन् ‘२०८२’मा सबैभन्दा बढी कमाउने १० नेपाली फिल्म
डेपुटी गभर्नर पण्डितले लिए शपथ
अमेरिका र इरानबिच दुई हप्ताको युद्धविराम सम्झौता
ट्रम्पले चेतावनी दिँदै भने -मंगलबार राति “इरानी सभ्यता समाप्त हुन सक्छ”
प्रतिक्रिया