अस्पतालका निर्देशकलाई सेवा प्रवाह व्यवस्थित बनाउन मन्त्रीको निर्देशन

काठमाडौँ । स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले उपत्यका अस्पतालका निर्देशकलाई स्वास्थ्य सेवा प्रवाह व्यवस्थित बनाउन निर्देशन दिएका छन् ।
उनले आज मन्त्रालयमा उपत्यकाका अस्पतालका निर्देशकहरूलाई सर्वसाधारणलाई गुणस्तरीय स्वास्थ्य सेवा प्रवाह गर्न कुनै कमी हुन नदिन निर्देशन दिए ।
मन्त्री बस्नेतले कूल शय्याको १० प्रतिशत शय्या गरिबी, असहाय, विपन्न नागरिकलाई निःशुल्क व्यवस्था गर्न र सेवा प्रवाहका लागि व्यवस्था मिलाउन आवश्यक कार्यहरू गर्न तथा कुनै पनि बिरामीको उपचार सेवाबाट वञ्चित हुन परेको कुरा आफूले सुन्न नपर्ने गरी काम गर्न निर्देशनसमेत दिए ।
वीर अस्पतालका निर्देशक डा. सन्तोष पौडेल, परोपकार प्रसूति तथा स्त्री रोग अस्पतालका निर्देशक डा. श्रीप्रसाद अधिकारी, शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका निर्देशक डा. मनिषा रावल, कान्ति बाल अस्पतालका निर्देशक डा. युवानिधि बसौला, सहिद गङ्गालाल राष्ट्रिय हृदय रोग केन्द्रका निर्देशक डा. चन्द्रमणि अधिकारी र राष्ट्रिय ट्रमा सेन्टरका डा. बद्री रिजालले सो अवसरमा सहभागी थिए ।
















महोत्तरीमा दलभन्दा स्वतन्त्र उम्मेदवारको सङ्ख्या अधिक
एमाले अध्यक्ष ओलीले आज झापा–५ को दक्षिणी क्षेत्रका कार्यकर्तासँग अन्तरक्रिया गर्दै
तोरी काटिरहेको ठाउँमा चितुवाले आक्रमण गर्दा महिलाको मृत्यु
दाङका वनमा महामारी, डढेलो लागेजस्ता देखिए सालका रुख
यस्तो छ आजका लागि फलफूल तथा तरकारीको मूल्य
मलाई भाषण होइन, काम गर्ने मुड छ : बालेन
झापा ५ मा ओली र बालेन भिड्ने पक्का
दुर्गा प्रसाईं पोखराबाट पक्राउ
नेकपाले टुंग्यायो सबै क्षेत्रका उम्मेदवार (सूचीसहित)
रास्वपाले आशिका तामाङलाई दियो टिकट
प्रतिक्रिया