अस्पतालका निर्देशकलाई सेवा प्रवाह व्यवस्थित बनाउन मन्त्रीको निर्देशन

काठमाडौँ । स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले उपत्यका अस्पतालका निर्देशकलाई स्वास्थ्य सेवा प्रवाह व्यवस्थित बनाउन निर्देशन दिएका छन् ।
उनले आज मन्त्रालयमा उपत्यकाका अस्पतालका निर्देशकहरूलाई सर्वसाधारणलाई गुणस्तरीय स्वास्थ्य सेवा प्रवाह गर्न कुनै कमी हुन नदिन निर्देशन दिए ।
मन्त्री बस्नेतले कूल शय्याको १० प्रतिशत शय्या गरिबी, असहाय, विपन्न नागरिकलाई निःशुल्क व्यवस्था गर्न र सेवा प्रवाहका लागि व्यवस्था मिलाउन आवश्यक कार्यहरू गर्न तथा कुनै पनि बिरामीको उपचार सेवाबाट वञ्चित हुन परेको कुरा आफूले सुन्न नपर्ने गरी काम गर्न निर्देशनसमेत दिए ।
वीर अस्पतालका निर्देशक डा. सन्तोष पौडेल, परोपकार प्रसूति तथा स्त्री रोग अस्पतालका निर्देशक डा. श्रीप्रसाद अधिकारी, शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका निर्देशक डा. मनिषा रावल, कान्ति बाल अस्पतालका निर्देशक डा. युवानिधि बसौला, सहिद गङ्गालाल राष्ट्रिय हृदय रोग केन्द्रका निर्देशक डा. चन्द्रमणि अधिकारी र राष्ट्रिय ट्रमा सेन्टरका डा. बद्री रिजालले सो अवसरमा सहभागी थिए ।
















रिंकुकुमारी हत्या प्रकरण: वडा सदस्यसहित १४ जनालाई कैद सजाय
अमेरिकाले लज्जास्पद हार व्यहोरेको इरानका सर्वोच्च नेताको भनाइ
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका विशेष दूत गोर काठमाडौँमा
रोल्पा दुर्घटना अपटेडः मृतकको सङ्ख्या २० पुग्यो
राष्ट्रपतिद्वारा सार्वजनिक खरिद अध्यादेश जारी
नेकपाका सात प्रदेश इन्चार्ज चयन : पूर्व माओवादीबाट दुई मात्रै
निजामती विधेयकको मस्यौदामाथि तीन हजार पाँच सय सुझाव
मुस्ताङ अस्पतालमा सुरक्षित गर्भपतन सेवा : सेवाग्राही अझै अनविज्ञ, चारआवमा १८८ जनाले लिए सेवा
बुधबार साँझदेखि तीव्र गतिको हावाहुरीसहित वर्षाको सम्भावना, उच्च सतर्कता अपनाउन आग्रह
जनताको चाहना र भूगोललाई हेरेर नीति बन्नुपर्छ मुख्यमन्त्री बानियाँ
प्रतिक्रिया