बुधबार, माघ २१, २०८२

धनगढीबाट लागूऔषधसहित तीन जना पक्राउ

मेरोन्यूज २०८० असार ११ गते १९:००

काठमाडौँ । कैलालीमा लागू औषधसहित तीन जना पक्राउ परेका छन् ।

जिल्लाको धनगढी उपमहानगर १२ जुगेडा ‘ए’ गाउँमा दुर्गेश्वरी मासु पसलबाट लागू औषध एक ग्रामसहित दुई जनालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरूमा सोही ठाउँका पसल सञ्चालक ३५ वर्षीय शेर बहादुर भण्डारी र सोही ठाउँ बस्ने २७ वर्षीय राकेश भट्ट हुन् ।

जिल्ला प्रहरी कार्यालय कैलाली र अस्थायी प्रहरी पोष्ट जुगेडाबाट खटिएको प्रहरीले पसलमा तलासी गर्ने क्रममा लुकाएर राखेको अवस्थामा लागू औषध फेला पारी उनीहरूलाई पक्राउ गरेको जनाएको छ ।
 

प्रतिक्रिया