मदन भण्डारी कलेजले गर्यो निःशुल्क स्वास्थ्य शिविर

काठमाडौं । मदन भण्डारी मेमोरियल कलेजले २२ औं वार्षिकोत्सबको अवसरमा निःशुल्क स्वास्थ शिविर सञ्चालन गरेको छ । कलेजले आफ्नो २२ औँ वार्षिकोत्सवको अवसरमा लायन्स क्लब अफ काठमाडौं र समाज डेन्टल हस्पिटलको सहकार्यमा आँखा, दन्त तथा मधुमेहको निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको हो ।
मंगलबार आयोजित शिविरमा १३८ जना दाँतका, १७९ जना आँखाका र २१ जना मधुमेहका बिरामीले लाभ लिएको कलेजका समाज कल्याण समितिका संयोजक तथा शिक्षक सुजित मैनालीले जानकारी दिए ।
मैनालीका अनुसार काठमाडौं महानगर १० र २९ का स्थानीयले शिविरबाट लाभ लिएका छन् । ‘विनायकनगर, देवीनगर, बुद्धनगर, थापाथली संखमुल, बानेश्वर क्षेत्रका सुकुम्बासी बस्तीका बासिन्दा र वरपरका सरकारी विद्यालयका विद्यार्थी, अन्य कलेजका विद्यार्थीहरुले शिविरबाट लाभ लिएका छन्’, उनले भने ।
कलेजका विद्यार्थी, शिक्षक, परिवारका सदस्यहरूले समेत शिविरबाट लाभ उठाएको मैनालीले बताए । सामुदायिक कलेज भएकाले समुदायप्रतिको उत्तरदायित्व निर्वाह गर्ने क्रममा वार्षिकरुपमा निःशुल्क स्वास्थ शिविर आयोजना गर्दै आएको उनले बताए ।
कलेजले आफ्नो वार्षिकोत्वसको अवसर पारेर मंगलबार रक्तदान कार्यक्रम समेत गरेको थियो । विद्यार्थी र कर्मचारीबाट ३८ पिन्ट रगत संकलन भएको छ । कलेजले असार १४ गते बिहीबार वार्षिकोत्सव मनाउँदैछ ।
















एमाले अध्यक्ष ओलीले आज झापा–५ को दक्षिणी क्षेत्रका कार्यकर्तासँग अन्तरक्रिया गर्दै
तोरी काटिरहेको ठाउँमा चितुवाले आक्रमण गर्दा महिलाको मृत्यु
दाङका वनमा महामारी, डढेलो लागेजस्ता देखिए सालका रुख
यस्तो छ आजका लागि फलफूल तथा तरकारीको मूल्य
मकवानपुरको सिमखोलामा सवारी दुर्घटना, एक जनाको मृत्यु
मलाई भाषण होइन, काम गर्ने मुड छ : बालेन
झापा ५ मा ओली र बालेन भिड्ने पक्का
दुर्गा प्रसाईं पोखराबाट पक्राउ
नेकपाले टुंग्यायो सबै क्षेत्रका उम्मेदवार (सूचीसहित)
रास्वपाले आशिका तामाङलाई दियो टिकट
प्रतिक्रिया