मदन भण्डारी कलेजले गर्यो निःशुल्क स्वास्थ्य शिविर

काठमाडौं । मदन भण्डारी मेमोरियल कलेजले २२ औं वार्षिकोत्सबको अवसरमा निःशुल्क स्वास्थ शिविर सञ्चालन गरेको छ । कलेजले आफ्नो २२ औँ वार्षिकोत्सवको अवसरमा लायन्स क्लब अफ काठमाडौं र समाज डेन्टल हस्पिटलको सहकार्यमा आँखा, दन्त तथा मधुमेहको निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको हो ।
मंगलबार आयोजित शिविरमा १३८ जना दाँतका, १७९ जना आँखाका र २१ जना मधुमेहका बिरामीले लाभ लिएको कलेजका समाज कल्याण समितिका संयोजक तथा शिक्षक सुजित मैनालीले जानकारी दिए ।
मैनालीका अनुसार काठमाडौं महानगर १० र २९ का स्थानीयले शिविरबाट लाभ लिएका छन् । ‘विनायकनगर, देवीनगर, बुद्धनगर, थापाथली संखमुल, बानेश्वर क्षेत्रका सुकुम्बासी बस्तीका बासिन्दा र वरपरका सरकारी विद्यालयका विद्यार्थी, अन्य कलेजका विद्यार्थीहरुले शिविरबाट लाभ लिएका छन्’, उनले भने ।
कलेजका विद्यार्थी, शिक्षक, परिवारका सदस्यहरूले समेत शिविरबाट लाभ उठाएको मैनालीले बताए । सामुदायिक कलेज भएकाले समुदायप्रतिको उत्तरदायित्व निर्वाह गर्ने क्रममा वार्षिकरुपमा निःशुल्क स्वास्थ शिविर आयोजना गर्दै आएको उनले बताए ।
कलेजले आफ्नो वार्षिकोत्वसको अवसर पारेर मंगलबार रक्तदान कार्यक्रम समेत गरेको थियो । विद्यार्थी र कर्मचारीबाट ३८ पिन्ट रगत संकलन भएको छ । कलेजले असार १४ गते बिहीबार वार्षिकोत्सव मनाउँदैछ ।
















रिंकुकुमारी हत्या प्रकरण: वडा सदस्यसहित १४ जनालाई कैद सजाय
अमेरिकाले लज्जास्पद हार व्यहोरेको इरानका सर्वोच्च नेताको भनाइ
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका विशेष दूत गोर काठमाडौँमा
रोल्पा दुर्घटना अपटेडः मृतकको सङ्ख्या २० पुग्यो
राष्ट्रपतिद्वारा सार्वजनिक खरिद अध्यादेश जारी
नेकपाका सात प्रदेश इन्चार्ज चयन : पूर्व माओवादीबाट दुई मात्रै
निजामती विधेयकको मस्यौदामाथि तीन हजार पाँच सय सुझाव
मुस्ताङ अस्पतालमा सुरक्षित गर्भपतन सेवा : सेवाग्राही अझै अनविज्ञ, चारआवमा १८८ जनाले लिए सेवा
बुधबार साँझदेखि तीव्र गतिको हावाहुरीसहित वर्षाको सम्भावना, उच्च सतर्कता अपनाउन आग्रह
जनताको चाहना र भूगोललाई हेरेर नीति बन्नुपर्छ मुख्यमन्त्री बानियाँ
प्रतिक्रिया