५०० कराेड बजेटकाे ‘आदिपुरुष’काे कमाइ ३०० करोड पनि पुगेन

मुम्बइ । ओम राउत निर्देशित फिल्म ‘आदिपुरुष’ जुन १६ मा हलमा रिलिज भएको थियो । महाकाव्य रामायणमा आधारित फिल्मले समीक्षक र दर्शकबाट मिश्रित प्रतिक्रिया पाएको थियो।
फिल्मले पहिलो दिन ८५ करोडभन्दा बढी कमाई गरेर कीर्तिमान बनाए पनि ओपनिङ वीकेन्डपछि यसको कलेक्सनमा क्रमशः गिरावट आएको छ । योसँगै फिल्म रिलिजको १२ औं दिनमा मंगलबारको कमाईको प्रारम्भिक आँकडा आएको छ ।
सकनिल्कको रिपोर्ट अनुसार ‘आदिपुरुष’ले रिलिजको १२ औं दिन अर्थात दोस्रो मंगलबार करिब १ करोड ७५ लाख कलेक्सन गरेको छ । यो फिल्मको अहिलेसम्मकै कम कलेक्शन हो । योसँगै ‘आदिपुरुष’को कुल कमाई २७९.६३ करोड पुगेको छ ।
‘आदिपुरुष’ को बक्स अफिसको कमाइ अब सकिएको छ । फिल्मको कमाईको गति दिनानुदिन घट्दै गएको र अब ३०० करोडको क्लबमा सामेल हुन असम्भव देखिन्छ ।
यस्तो अवस्थामा प्रभासको ५०० करोडको बजेटमा बनेको यो फिल्म आफ्नो लागत निकाल्न पूर्ण रूपमा असफल सावित भएको भारतीय मिडिया एबिपी लाइभले जनाएको छ ।


















होर्मुज सुरक्षामा अन्तर्राष्ट्रिय चासो
अवहेलना मुद्दामा प्रधानमन्त्री बालेनलाई वारेस राख्न अनुमति
कञ्चनपुरमा लागुऔषध मुद्दामा ३३४ जना पक्राउ
सुधारका लागि निरन्तर खबरदारी गर्न शिक्षामन्त्री पोखरेलको आग्रह
सुदूरपश्चिमलाई हराउँदै आर्मीले चुम्यो प्रधानमन्त्री कपको उपाधि
आजदेखि काठमाडौंमा रात्रिकालीन बससेवा सञ्चालन
अमेरिकी नाकाबन्दीका बावजुद इरानका जहाजहरू होर्मुज स्ट्रेट पार गर्दै
जबर्जस्ती करणीका फरार अभियुक्त १८ वर्षपछि पक्राउ
अमेरिकी युद्धपोतले इरानी तेल ट्यांकरलाई रोके
व्यक्तिगत घटना दर्ता सप्ताह सुरु हुँदै
प्रतिक्रिया