बुधबार, माघ २१, २०८२

४४ वर्ष कैद सजाय तोकिएका फरार पक्राउ

मेरोन्यूज २०८० असार १३ गते १८:१८

काठमाडौं । कर्तव्य ज्यान मुद्दामा ४४ वर्ष कैद सजाय तोकिएका फरार व्यक्ति पक्राउ परेका छन् ।

मकवानपुरको हेटौंडा उपमहानगरपालिका–१७ बस्ने ३३ वर्षीय सूर्य थोकर भन्ने सूर्यबहादुर थोकरलाई आइतबार प्रहरीले पक्राउ गरेको छ ।

थोकरसहितको समूहले ठूलीकान्छी वललाई बलात्कारपछि धारिलो हतियार प्रयोग गरी हत्या गरेको थियो । दुई वर्षअघि मात्र मकवानपुर जिल्ला अदालतले थोकरलाई ४४ वर्ष जेल सजाय सुनाएको थियो ।

अदालतले उनलाई ज्यान मारेकोतर्फ २० वर्ष, ज्यान मार्ने षड्यन्त्र गरेबापत १२ वर्ष, जबरजस्ती करणीतर्फ ७ वर्ष र सामूहिक जबरजस्ती करणीतर्फ ५ वर्ष सजाय सुनाएको थियो ।

सजाय ठहर भई फरार भएका थोकरलाई केन्द्रीय अनुसन्धान ब्युरो महाराजगंजबाट खटिएको प्रहरीले उदयपुरको त्रियुगा नगरपालिका–१२, गाईघाटबाट पक्राउ गरेको हो ।

प्रतिक्रिया