सरकारको धरातल बलियो छ, ५ वर्षै चल्छ : सांसद दाहाल

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का सांसद लेखनाथ दाहालले प्रधानमन्त्रीले आगामी वर्षको बजेटमा सांसदहरुको प्रत्यक्ष भुमिका रहने प्रतिवद्धता गरेपछि बजेट सहजै पारित भएको बताएका छन् ।
बुधवार प्रतिनिधि सभाबाट आर्थिक वर्ष २०८०/०८१ को बजेट पारित भएसँगै सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै सांसद दाहालले प्रधानमन्त्रीको प्रतिवद्धताका कारण बजेट सहजै पारित भएको बताएका हुन् ।
उनले सरकारले समस्याको बोध गहिराईबाटै भएको भन्दै आगामी आर्थिक वर्षको बजेटमा आमुल परिवर्तन हुने विश्वास व्यक्त गरे । उनले आगामी वर्ष बजेटको सिद्धान्त र प्राथमिकता, नीति, योजना, कार्यक्रम बजेट निर्माणमा सांसदहरुको प्रत्यक्ष भुमिका रहने प्रधानमन्त्रीको संकल्पका कारण बजेट पारित भएको बताए ।
दाहालले भने, – ‘यो पटक नयाँपन के देखियो भने नेपाल सरकारलाई समस्याको बोध गहिराईमा गएर गराउन सफल भइएको छ । आगामी वर्षबाट बजेट निर्माण प्रक्रियामा आमुल परिवर्तन गर्ने । बजेटको सिद्धान्त र प्राथमिकता, नीति, योजना र कार्यक्रम, बजेट निर्माणमा प्रत्यक्ष संघीय सांसदहरुको भुमिका रहनेगरी नै सरकारको तर्फबाट प्रधानमन्त्रीले संकल्प गर्नुभयो । प्रतिवद्धता जायर गर्नुभयो । त्यसपछि बजेट सहज ढंगले, बहुमतले पास हुने परिस्थिति पैदा भयो ।’
उनले सरकारको धरातल कमजोर नभएको भन्दै सरकार पाँचै वर्ष चल्ने बताए । सांसद दाहालले बजेटमा भएका प्राविधिक कमजोरीहरुलाई सच्याइएको पनि बताए ।
उनले अगाडी थपे, – ‘यो सरकार त्यति कमजोर धरातलमा बनेको छैन । सरकार पाँच वर्षसम्म चल्छ । हाम्रो सत्ता साझेदार दलभित्र साझा सहमती छ । यो प्राकृतिक गठबन्धन छ । संघीयता, लोकतान्त्रिक गणतन्त्रका पक्षधरहरु, संविधानको रक्षा गर्ने, संविधानको सफल कार्यान्वयन गर्ने साझा प्रतिवद्धतासहित बनेको सरकार भएको कारणले गर्दा सरकार ढल्ने, बन्नेसँग सम्बन्धित होइन । बजेटमा देखिएका कयौँ प्राविधिक कमजोरीहरु, बजेट थोरै बरालिएको विषयमा जो बहश, छलफल भएको थियो । त्यसलाई सच्याउने प्रतिवद्धता प्रधानमन्त्रीज्यूले गरिसकेपछि बजेट सहज ढंगले पास हुने स्थिति बन्यो । सकार ढल्छ कि भन्ने कल्पना गर्नु आवश्यक पनि छैन ।’
उनले सरकारले सुशासन कायम गर्ने र भ्रष्टाचारको अन्त्य गर्ने काम सरकारको प्राथमिकतामा रहेको बताए । सरकारले देशमा देखिएका बेथिति र अराजकतालाई हटाउने गरी काम गरिरहेकोले सकार ढल्ने हो कि भनेर आत्तिनुपर्ने अवस्था नरहेको उनको भनाई छ ।
















आणविक वार्ताको प्रगतिमा बाधक पश्चिमा भएको इरानको दावी
अमेरिकी इन्डो–प्यासिफिक कमाण्डका कमाण्डर भोलि नेपाल आउँदै
वर्तमान परिस्थितिमा निर्वाचनको विकल्प छैनः संयोजक दाहाल
निर्वाचनलाई सुरक्षित तवरले सम्पन्न गर्न प्रधान सेनापतिको निर्देशन
देशलाई विकास र सुशासन चाहिएको छ : लामिछाने
माल्दिभ्समा नेपाली समुदायको निःशुल्क स्वास्थ्य परीक्षण तथा कन्सुलर सेवा शिविर सम्पन्न
आईसीसी टी–२० विश्वकप: श्रीलंकाको विजयी सुरुवात, आयरल्यान्ड पराजित
टी-२० विश्वकपमा आज तीन खेल, नेपाल रहेको समूहबाट भिड्दैछन् स्कटल्याण्ड र इटाली
गोदाममा छापा हान्दा तस्कर समुहको आक्रमण, ३ सशस्त्र घाइते
विदेश पठाउने नाममा ठगी गर्ने पाँच जना पक्राउ
प्रतिक्रिया