अदालतकी महिला कर्मचारी कुट्ने अधिवक्ता लामिछाने पक्राउ

ललितपुर । ललितपुर जिल्ला अदालतमा कार्यरत नायब सुब्बा प्रेमिका तामाङलाई कुट्पिट गर्ने अधिवक्ता अमिर लामिछानेले पक्राउ परेका छन् ।
बुधबार अपराह्न ललितपुर जिल्ला अदालतको कार्यकक्षमै काम गरिरहेको बेला अपरान्ह ४ः३० बजे अधिवक्ता लामिछानेले तामाङमाथि हातपात गरेका थिए । मुद्दाको मिसिल र आदेश हेर्न फाइल लिन खोजेपछि महिला कर्मचारी तामाङले मिसिल बाहिर लैजान नदिएपछि उनीमाथि हातपात भएको हो ।
लामिछानेको मुक्का प्रहारबाट तामाङको दुईवटा दाँत हल्लिनुका साथै ओठमा चोट लागेको छ भने सरकारी पोसाकको बाहुलासमेत च्यातिएको छ ।
महिला कर्मचारीमाथि अदालत परिसरभित्रै हातपात भएपछि प्रहरीले लामिछानेलाई नियन्त्रणमा लिई ललितपुर प्रहरीको जिम्मा लगाएको छ । कुटपीटलगत्तै पीडित कर्मचारी तामाङले जिल्ला प्रहरी परिसर ललितपुरमा जाहेरी दिएकी छिन् ।
ललितपुर प्रहरीले आरोपी लामिछाने प्रहरी नियन्त्रणमा रहेको जानकारी दिएको छ ।
















President Paudel departs from Japan
One killed, three injured in road accident
29 days to HoR Elections: More women than men in closed list for proportional representation
सुनचाँदीको मूल्य फेरि बढ्यो, आजकाे मूल्य कति ?
स्वास्थ्य बिमा समस्याकाे समाधान गर्दै प्रधानमन्त्री
आज पनि १३ हजार ४ सयले घट्यो सुनको भाउ
रास्वपाको सङ्घीय निर्वाचन सम्पादन समिति गठन
आगामी निर्वाचन देशको स्वाधीनताका लागि महत्त्वपूर्ण छः उपाध्यक्ष थापा
वर्षा गराउने प्रणाली फेरि सक्रिय हुँदै
यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर
प्रतिक्रिया