भुटानी शरणार्थी प्रकरण : पूर्पक्षका लागि थुनामा रहेका भण्डारी दुलाललाई नख्खु सारियो

काठमाडौँ । नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्पक्षका लाथि थुनामा रहेका विचौलियाद्वय सानु भण्डारी र केशव दुलालको जेल सार गरिएको छ ।
सुन्धारास्थित भद्र सुधार गृहमा रहेका भण्डारी र दुलाललाई जेल सार गरेर नख्खु कारागारमा सारिएको हो । नेता तथा कर्मचारीको पोल खोल्ने भण्डारी र दुलाललाई सुरक्षाको कारण देखाएर जेल सारिएको छ ।
सुरक्षा विश्लेषणका आधारमा भण्डारी र दुलाललाई सोही मुद्दाका अन्य आरोपितबाट सुरक्षा जोखिम रहेको आधारमा गृह मन्त्रालयकै निर्देशनमा नक्खु सारिएको हो । गृहले नक्खुमा पनि उनीहरूको सुरक्षामा विशेष ख्याल गर्न निर्देशन निकटस्थ स्रोतले बतायो । केन्द्रीय कारागारका जेलर ललितकुमार बस्नेतले शान्ति सुरक्षा तथा ठाउँ अभावको कारण दुईजनालाई नक्खुमा सारिएको जानकारी दिए ।
नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी, पूर्वगृहमन्त्री बालकृष्ण खाण, पूर्वगृहसचिव टेकनारायण पाण्डेलगायतको संलग्नता रहेको भण्डारी र दुलालले नै खुलाएका थिए । उनीहरूले आर्थिक लेनदेनको प्रमाणसमेत प्रहरीलाई दिएका थिए ।
















15 killed in collision between Greek coastguard vessel and migrant boat: police
कञ्चनपुरमा ५ हजारभन्दा बढी किशोरीलाई ‘एचपिभी’ खोप लगाइने
Beni in Myagdi directly connected to New Delhi by bus service
एमाले उपाध्यक्ष थापाको आरोप : सरकार निर्वाचन सार्ने षडयन्त्रमा लाग्यो
महत्त्वपूर्ण खनिज आपूर्तिमा ट्रम्प योजना
आज पनि १३ हजार ४ सयले घट्यो सुनको भाउ
यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर
आगामी निर्वाचन देशको स्वाधीनताका लागि महत्त्वपूर्ण छः उपाध्यक्ष थापा
पाकिस्तानले विश्वकपमा भारतसँग नखेल्ने घाेषणापछि आईसीसीको चेतावनी
रास्वपाको सङ्घीय निर्वाचन सम्पादन समिति गठन
प्रतिक्रिया