बुधबार, माघ २१, २०८२

१० अर्बको ठेक्का अलपत्र पार्ने पप्पु कन्स्ट्रक्सनका सञ्चालक रौनियार पक्राउ

मेरोन्यूज २०८० असार १५ गते १७:११

काठमाडौँ । प्रहरीले ठेकेदार कम्पनी पप्पु कन्स्ट्रक्सन प्रा.लिंका सञ्चालक हरिनारायण रौनियारलाई पक्राउ गरेको छ ।

काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले उनलाई पक्राउ गरेको हो । उनी पूर्व सांसदसमेत हुन् ।

पप्पु कन्स्ट्रक्सनले बनाउन ठेक्का लिएको काठमाडौँको तीनकुनेको पुल, टेकु र कालिमाटीलाई जोड्ने पुल, पर्सामा नौरन्जीया, तिलाव, बेदाहा र हेरियाडी नदीमा बन्दै गरेको पुल अलपत्र रहेको छ ।

पप्पु कन्स्ट्रक्सनले विभिन्न राष्ट्रिय आयोजनाको १० अर्ब रुपैयाँभन्दा बढीको ठेक्का लिएर अलपत्र पारेको छ ।

प्रतिक्रिया