सरकारले स्वास्थ्य विमा कार्यक्रमलाई समाप्त पार्ने कोशिस गरेको छ : प्रदीप ज्ञवाली

काठमाडौँ । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका कार्यबहाक महासचिव प्रदीप ज्ञवालीले सरकारले स्वास्थ्य विमा कार्यक्रम समाप्त पार्ने कोशिस गरिरहेको आरोप लगाएका छन् ।
नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट)ले शनिबार ललितपुरको च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले एमालेले श्रमजीवि जनताको उपचारमा सहज हुने गरी ल्याएको विमा कार्यक्रम वर्तमान सरकारले समाप्त पार्ने षड्यन्त्र गरिरहेको बताएका हुन् ।
‘हामीले स्वास्थ्य विमा कार्यक्रम ल्याएका थियौँ, सानातिना रोग हुँदा पनि दौडेर विदेश पुग्ने अथवा काठमाडौँमा सुविधा सम्पन्न हस्पिटलहरु मेडिसिटी होस् अथवा नर्भिक, ग्राण्डी होस् वा ह्याम्स, त्यहाँ गएर उपचार गर्ने सामर्थ्य राख्नेका लागि धेरै ठूलो कुरा होइन होला,’ उनले भने, ‘तर वर्षको ३५ सय रुपैयाँ तिरेर स्वास्थ्य विमा गराएर पाँच जनाको परिवारले वर्षभरि एक लाख रुपैयाँसम्मको औषधि निःशुल्क पाउने भन्ने कुरा यो स्वास्थ्यको क्षेत्रमा गरिएको ठूलो क्रान्ति थियो ।’
कार्यबहाक महासचिव ज्ञवालीले ३९६ वटा स्थानीय तहमा एकसाथ आधारभूत अस्पताल खोल्ने आफ्नो पार्टी नेतृत्वको सरकारको कामलाई पनि वर्तमान सरकारले बजेट नदिएर अलपत्र पारेको जिकीर गरे ।
उनले आफ्नो पार्टी नेतृत्वको सरकारले श्रमिक जनताको हितका लागि प्रधानमन्त्री स्वरोजगार, राष्ट्रपति महिला उत्थानलगायतका कार्यक्रम ल्याए पनि वर्तमान सरकारले त्यसलाई निष्प्रभावी बनाउने काम गरेको आरोप लगाए ।
















यही माघ १० देखि काठमाडौँ महानगरले सहिद सप्ताह सुरु गर्ने
चुनावी घोषणापत्रमा निजी क्षेत्रका एजेण्डालाई प्राथमिकता दिइयोस् :चन्द्रप्रसाद ढकाल
स्वास्थ्य बिमा बोर्डको निमित्त कार्यकारी निर्देशकमा पौडेल
टी–२० विश्वकपका खेलस्थल सार्न बङ्गलादेशको अनुरोध आईसीसीद्वारा अस्वीकार
मलाई भाषण होइन, काम गर्ने मुड छ : बालेन
नेकपाले टुंग्यायो सबै क्षेत्रका उम्मेदवार (सूचीसहित)
दुर्गा प्रसाईं पोखराबाट पक्राउ
झापा ५ मा ओली र बालेन भिड्ने पक्का
रास्वपाले आशिका तामाङलाई दियो टिकट
प्रतिक्रिया