सरकारले स्वास्थ्य विमा कार्यक्रमलाई समाप्त पार्ने कोशिस गरेको छ : प्रदीप ज्ञवाली

काठमाडौँ । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका कार्यबहाक महासचिव प्रदीप ज्ञवालीले सरकारले स्वास्थ्य विमा कार्यक्रम समाप्त पार्ने कोशिस गरिरहेको आरोप लगाएका छन् ।
नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट)ले शनिबार ललितपुरको च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले एमालेले श्रमजीवि जनताको उपचारमा सहज हुने गरी ल्याएको विमा कार्यक्रम वर्तमान सरकारले समाप्त पार्ने षड्यन्त्र गरिरहेको बताएका हुन् ।
‘हामीले स्वास्थ्य विमा कार्यक्रम ल्याएका थियौँ, सानातिना रोग हुँदा पनि दौडेर विदेश पुग्ने अथवा काठमाडौँमा सुविधा सम्पन्न हस्पिटलहरु मेडिसिटी होस् अथवा नर्भिक, ग्राण्डी होस् वा ह्याम्स, त्यहाँ गएर उपचार गर्ने सामर्थ्य राख्नेका लागि धेरै ठूलो कुरा होइन होला,’ उनले भने, ‘तर वर्षको ३५ सय रुपैयाँ तिरेर स्वास्थ्य विमा गराएर पाँच जनाको परिवारले वर्षभरि एक लाख रुपैयाँसम्मको औषधि निःशुल्क पाउने भन्ने कुरा यो स्वास्थ्यको क्षेत्रमा गरिएको ठूलो क्रान्ति थियो ।’
कार्यबहाक महासचिव ज्ञवालीले ३९६ वटा स्थानीय तहमा एकसाथ आधारभूत अस्पताल खोल्ने आफ्नो पार्टी नेतृत्वको सरकारको कामलाई पनि वर्तमान सरकारले बजेट नदिएर अलपत्र पारेको जिकीर गरे ।
उनले आफ्नो पार्टी नेतृत्वको सरकारले श्रमिक जनताको हितका लागि प्रधानमन्त्री स्वरोजगार, राष्ट्रपति महिला उत्थानलगायतका कार्यक्रम ल्याए पनि वर्तमान सरकारले त्यसलाई निष्प्रभावी बनाउने काम गरेको आरोप लगाए ।
















दक्षिण कोरियामा नेपाली चिया प्रवर्दन कार्यक्रम
ट्राफिक कारबाहीबाट एकै दिन २२ लाख ७४ हजार राजस्व सङ्कलन
सुनचाँदीको मूल्यमा केही गिरावट
इरानमाथि जारी अमेरिकी नौसैनिक नाकाबन्दी महिनौँसम्म लम्बिन सक्ने सङ्केत
करेन्ट लागेर महिलाको मृत्यु
नेकपाका सात प्रदेश इन्चार्ज चयन : पूर्व माओवादीबाट दुई मात्रै
सरकारले सुकुम्बासीमाथि कारबाही गर्दा पूर्वतयारी नपुगेको महसुस भयाे : महामन्त्री पौडेल
हप्तामा एक पटक खाना पकाउँदा पनि घट्छ बिर्सने राेगकाे जोखिम
सशस्त्र प्रहरीको आईजीपीमा नारायणदत्त पौडेल
हर्मुज खुलाउन इरानको प्रस्ताव, वार्ता अन्योलमा
प्रतिक्रिया