वर्षाले सड्क तथा हवाइ यातायात प्रभावित हुने

काठमाडौँ । अहिले मुलुकभर मनसुनी वायुको प्रभाव रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार अहिले गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा पूर्णतया बदली रही बाँकी भू–भागमा आँशिक बदली रहेको छ । लुम्बिनी प्रदेशको थोरै स्थानहरुमा र कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा वर्षा भइरहेको छ ।
दिउँसो मुलुकभर आंशिक बदली रहनेछ। कोशी र सुदूरपश्चिम प्रदेशको केही र बाँकी प्रदेशको थोरै स्थानहरूमा वर्षाको सम्भावना छ। साथै कोशी, लुम्बिनी र सुदुर पश्चिम प्रदेशका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित भारी वर्षाको सम्भावना छ।
राति भने देशभर आंशिक बदली रहनेछ। कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका केही स्थानहरू तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा मध्यम वर्षाको सम्भावना छ। साथै कोशी र मधेश प्रदेशको एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित भारी वर्षाको सम्भावना छ। मधेश र कोशी प्रदेशका तराईका थोरै स्थानहरूमा हावा हुरीको समेत सम्भावना रहेको छ।
मुलुकभर वर्षाको सम्भावना रहेकोले सडक तथा हवाई यातायात, स्वास्थ्य, कृषि, पर्यटनलगायतका क्षेत्रहरू प्रभावित हुन सक्ने भएकाले मेघगर्जन र चट्याङ, गेग्रान बहाव, बाढी, पहिरो तथा भूक्षयका कारण हुन सक्ने जोखिम वा क्षतिबाट बच्न आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।
















विद्युत् सेवाको पहुँचले फेरियो खैराङवासीको जीवनशैली
सुनचाँदीको मूल्य व्यापक वृद्धि, आज कारोबारको मूल्य कति ?
अर्थमन्त्री र भौतिक पूर्वाधार मन्त्रीसँग बजेटबारे छलफल गर्दै रास्वपा सांसद
इरानको सपिङ सेन्टरमा आगलागी आठ जनाको मृत्यु
सशस्त्र प्रहरी बलका १८ जबान बिना सूचना सम्पर्कबिहीन (नामावली)
सुकुमवासीलाई चैत मसान्तभित्र व्यवस्थित बासस्थान उपलब्ध गराउन सरकारलाई रास्वपाको आग्रह
अमेरिकालाई ‘सम्झौता वा युद्ध’ एक रोज्न इरानको चेतावनी
संवैधानिक परिषद्सम्बन्धी अध्यादेश फिर्ता पठाउँदै राष्ट्रपति
लिपुलेक हुँदै कैलाश मानसरोवर यात्राको विरोधमा सरकारले पठायो भारत–चीनलाई पत्र
अमेरिकालाई पठाइएको इरानको नयाँ प्रस्तावमा के छ ?
प्रतिक्रिया