बुधबार, माघ २१, २०८२

सात जिल्लाका नदी र खोलामा पानीको बहाव उल्लेख्य बढ्ने

मेरोन्यूज २०८० असार १७ गते १०:०७

काठमाडौँ । आइतबार मुलुकभरका सात जिल्ला आसपास भई बहने नदी र स–साना खोलाहरूमा पानीको बहाव उल्लेख्य बढ्ने देखिएको छ ।

जल तथा मौसम विज्ञान विभाग, बाढी पूर्वानुमान महाशाखाले इलाम, झापा, पाचँथर, संखुवासभा, मकवानपुर, बारा र पर्सा आसपास भई बहने केही स–साना नदीहरूमा जलसतह बढ्ने तथा केहीमा आकस्मिक बाढी आउने सम्भावना रहेको जनाएको छ ।

यी क्षेत्रका तटीय भू–भागमा विशेष सतर्कता अपनाउन पनि महाशाखाले आग्रह गरेको छ ।

मोरङ, सुनसरी, सप्तरी, सिरहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, चितवन, रुपन्देही, कपिलवस्तु, पाल्पा, नवलपरासी (पूर्व), नवलपरासी (पश्चिम), स्याङजा, गुल्मी, अर्घाखाँची, कैलाली, कन्चनपुर, डोटी, डडेल्धुरा, बैतडी र दार्चुला आसपास भई बहने केही स–साना नदीहरूमा बहाव बढ्न सक्ने पूर्वानुमान महाशाखाले गरेको छ ।

यी क्षेत्र भई बहने नदी तटीय क्षेत्रहरूमा सामान्य सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ ।

प्रतिक्रिया