मुग्लिन-नारायणगढ सडकखण्ड खुलाउन दिउँसो दुई बजेसम्म लाग्ने

काठमाडौं । मुग्लिन–नारायणगढ सडक खण्डअन्तर्गत तुइन खोलाको पहिरो पन्छाउन दिउँसो दुई बजेसम्म लाग्ने भएको छ ।
गएराति ११ बजे पहिरो खस्दा अवरूद्ध भएको सडक खुलाउन तीनवटा स्काभेटर परिचालन गरिए पनि दुई बजेसम्म सड्क खुल्ने सम्भावना कम रहेको सडक डिभिजन कार्यालय भरतपुरले जानकारी दिएको छ ।
माथिबाट ठुल्ठूला ढुंगा झर्ने क्रम नरोकिएकाले दुई बजेपछि मात्रै आवागमन चलाउन सकिने सम्भावना रहेको कार्यालयले जनाएको छ । ‘हिजो दिउँसो पहिरो पन्छाएर गाडीहरू आवतजावत गराइएको थियो। तर, गएराति ठूलो परिमाणमा पहिरो आएर थुप्रियो,’ सडक डिभिजन भरतपुरका सूचना अधिकारी चण्डेश्वर साहले भने, ‘बिहानैदेखि तीनवटा स्काभेटर प्रयोग गरिएको भए पनि पहिरो पन्छाउन सकिएको छैन। दुई बजेसम्म आवागमन सुचारु गर्न सकिन्छ कि भनेर लागिरहेका छौँ ।’
तुइन खोलाको नारायणगढतर्फको भागमा खुकुलो चट्टान रहेको र पानी पर्नासाथ पहिरो खसिरहेकाले हटाउन समस्या भइरहेको उनले बताए । ‘पुल हाल्ने क्रममा खोला वारितर्फको भाग कडा चट्टान भएकाले चलेको छैन। तर, पारिपट्टि निकै खुकुलो चट्टान छ। तलबाट कटिङ गर्दा माथिदेखिकै भाग खस्ने जोखिम छ,’ साहले भने ।
चितवन ट्राफिक प्रहरी प्रमुख राजकुमार तामाङले पहिरो पन्छाउन अझै ४–५ घण्टा लाग्ने जानकारी दिए ।
मुग्लिनतर्फबाट आएका सवारी फिस्लिङ, कुरिनटार, मुग्लिनबजारमा रोकिएको उनले बताए। यता नारायणगढतर्फबाट आउने सवारी आँपटारी, रामनगर, जुगेडी, दासढुंगामा रोकिएको पनि तामाङले बताए ।
साना सवारीका लागि हेटौंडा–पालुङ–नौबिसे, हेटौंडा–भीमफेदी–दक्षिणकाली हुँदै काठमाडौं आउने वैकल्पिक बाटो भए पनि ठूला सवारीलाई विकल्प दिन नसकिएको बताए।
















कास्कीमा छैनन् निर्वाचन आचारसंहिता उल्लंघनका उजुरी
15 killed in collision between Greek coastguard vessel and migrant boat: police
कञ्चनपुरमा ५ हजारभन्दा बढी किशोरीलाई ‘एचपिभी’ खोप लगाइने
Beni in Myagdi directly connected to New Delhi by bus service
एमाले उपाध्यक्ष थापाको आरोप : सरकार निर्वाचन सार्ने षडयन्त्रमा लाग्यो
आज पनि १३ हजार ४ सयले घट्यो सुनको भाउ
आगामी निर्वाचन देशको स्वाधीनताका लागि महत्त्वपूर्ण छः उपाध्यक्ष थापा
यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर
पाकिस्तानले विश्वकपमा भारतसँग नखेल्ने घाेषणापछि आईसीसीको चेतावनी
रास्वपाको सङ्घीय निर्वाचन सम्पादन समिति गठन
प्रतिक्रिया