सोमबार, मंसिर ८, २०८२

फेसन फेयर अवार्ड २०२२ को दोस्रो संस्कर सम्पन्न, २१ जनालाई विभिन्न विदामा अवार्ड प्रदान

मेरोन्यूज २०८० असार १७ गते १२:२०

काठमाडौँ । फेसन फेयर अवार्डको २०२२ को दोस्रो संस्करण सम्पन्न भएको छ । काठमाडौँमा आयोजीत एक कार्यक्रमकाबीच विभिन्न विदामा २१ जनालाई अवार्ड प्रदान गर्दै कार्यक्रम सम्पन्न भएको हो ।

जसमा लाइफ टाइम अचिभमेन्ट अवार्ड व्युटिशियन तर्फ कमला श्रेष्ठ र लाइफ टाइम अचिभमेन्ट अवार्ड पेजेन्ट्रि तर्फ बाट रूवि राना शाहलाई सम्मान गरिएको थियो ।

लेजेन्ट्रि आर्टिस अवार्डबाट गायक दीपक बज्राचार्यलाई सम्मान गरिएको थियो भने, मष्ट इन्फ्लुएन्सल पर्सनालिटि अवार्डबाट पूर्व बैंकर अनिल केसरी शाहलाई सम्मान गरिएको थियो भने, स्टाइलिस फेसन आइकन अवार्डबाट नायिका साम्राज्ञी राज्यलक्ष्मी शाहलाई सम्मान गरिएको थियो भने, चलचित्र तर्फ नायिका प्रियंका कार्कीलाई सम्मान गरिएको थियो ।।

त्यस्तै, कार्यक्रममा आउट स्ट्यान्डिङ अचिभमेन्ट अवार्ड इन फेसन तर्फ मुना गौचनलाई सम्मान गरिएको थियो भने, प्रोमिनेन्ट नेसनल डाइरेक्टर अवार्डबाट मिस नेपालका डाइरेक्टर नङ्मा श्रेष्ठलाई सम्मान गरिएको थियो भने, फेसन स्टाइलिस्ट अवार्ड अविनाश श्रेष्ठलाई सम्मान गरिएको थियो । मष्ट पपुलर आटिस्ट अवार्डमा फिमेलतर्फ डा। त्रिशला गुरूङलाई सम्मान गरिएको थियो भने, पुरूषतर्फ धर्मेन्द्र सेवनलाई सम्मान गरिएको थियो ।

मष्ट इन्फ्लुएन्सल रक आर्टिस् अवार्ड महिला तर्फ अश्रा कुवँरलाई सम्मान गरिएको थियो भने कार्यक्रममा इन्टरनेशनल फेसन मोडल अवार्ड अन्सिका शर्मालाई प्रदान गरिएको थियो ।

त्यस्तै, फेसन मेकप आटिस्ट अवार्ड राजेश घिमिरेलाई प्रदान गरिएको थियो भने, योङ फेसन आइकन अवार्ड पराक्रम याजेवी रानालाई सम्मान गरिएको थियो ।

फेसन आइकन अवार्ड सविता कार्कीलाई प्रदान गरिएको थियो भने, फेसन सुपर मोडल अवार्ड आस्था पोख्रेललाई प्रदान गरिएको थियो ।

मष्ट पपुलर इम्कि अवार्डबाट सुवेक्षा खड्कालाई सम्मान गरिएको थियो भने, क्रियटिभ फेसन डिजाइनर अवार्डबाट अस्तिक शेरचन सम्मानित भएका थिए भने, आइकोनिक फेसन डिजाइनर अवार्डबाट मनिस राईलाई सम्मान गरिएको थियो भने, क्रियटिभ फेसन फोटोग्राफर अवार्डबाट किशोर कायस्थलाई सम्मान गरिएको थियो भने, स्टाइलिस फेसन आइकन अवार्डबाट साम्राज्ञी राज्यलक्ष्मी शाहलाष सम्मान गरिएको थियो।

कार्यक्रममा सम्मानित व्यक्तिहरूलाई संस्थाका संस्थापक कमल क्षेत्रीले फुलको गुच्छा सहित खादा, प्रमाणपत्र र अवार्डले सम्मान गरेका थिए ।

कार्यक्रमको दोस्रो सीजन भव्यताका साथ सम्पन्न गरिएको कार्यक्रमका ब्रान्ड एम्वेष्टर सेराप ध्याल्जेन लामाले बताए ।
कार्यक्रममा विभिन्न सांस्कृतिक प्रस्तुति समेत प्रस्तुत गरिएको थियो ।

प्रतिक्रिया