बुधबार, माघ २१, २०८२

सशस्त्रमा एइआईजी दरबन्दी थप्ने तयारी

मेरोन्यूज २०८० असार १७ गते १३:१३

काठमाडौं । सशस्त्र प्रहरी बलमा अतिरिक्त महानिरीक्षक पदमा दरबन्दी थप्ने तयारी भएको छ । तल्लो तहको दरबन्दी कटौती गरेर माथिल्लो तहको दरबन्दी थप्न कसरत भइरहेको स्रोतले जानकारी दियो ।

अर्थ मन्त्रालयले सुरक्षा निकायमा बजेट बढाए लगत्तै सशस्त्र प्रहरीभित्र नयाँ दरबन्दी थप गर्ने त्रममा आ–आफ्नै लविङ सुरु भएको हो । सशस्त्र प्रहरी महानीरीक्षक राजु अर्यालले सीमा सुरक्षामा खटिनका लागि दरबन्दी अभाव रहेको बताउँदै अर्थ मन्त्रालयबाट प्रहरी नीरीक्षक, प्रहरी उपरीक्षक, प्रहरी वरिष्ठ उपरीक्षक र सई तथा असईको दरबन्दी स्वीकृत गराएर लगत्तै यस्तो कसरत सुरु भएको हो ।

आईजीपी अर्यालले १० हजार दरबन्दी थप गर्नुपर्ने भन्दै गृहमा प्रस्ताव पठाएको र त्यसमा उपरी संरचना अन्तर्गत एक एआइजी र दुई डिआइजी थप गर्नेगरी आ–आफ्नै लविङ शुरु भएको हो ।
अघिल्लो सरकारको पालाका स्वीकृत भएको ४ हजार दरबन्दी भने सशस्त्रलाई प्राप्त भइसकेको छ र त्यसमा व्यक्ति केन्द्रीत दरबन्दी थप गर्न गृहमन्त्रीसमक्ष लविङ शुरु गरेको स्रोतको दाबी छ ।

आर्इजीपी अर्यालले प्रहरी नीरीक्षकहरुको वृत्ति विकासका लागि दरबन्दीलाई प्रयोग गर्न खोजे पनि इन्जिनियर किशोर प्रधानले त्यही दरबन्दीलाई देखाएर आफ्ना लागि एआइजीको एक दरवन्दी थप गर्न लविङ गरिरहेका छन् । ‘१५ वर्षदेखि बढुवा हुन नसकेका निरीक्षक र तल्लो तहका सिपाहीको दरबन्दी काटेरै भए पनि एक एआइजी, दुई डिआइजी, ६ एसएसपी थप्न लविङ भैरहेको छ’, स्रोतले भन्यो ।

इन्जिनियर किशोर प्रधानलाई एआइजी बढुवा गरी भानु देउवाका बहिनी ज्वाइँ दिपेन्द्र कुँवरलाई डिआइजी बनाउन यस्तो गर्न लागिएको पनि स्रोतले जनाएको छ । एसपी विकास घिमिरेलाई बढुवा गर्न एसएसपीको दरबन्दी थप गर्न लागिएको स्रोतको दाबी छ । एसपीबाट एसएसपीहरुमा गंगाराम श्रेष्ठ, राजेश उप्रेती, धु्रब कार्की, तीर्थ पौडेल, भरत खनियाँ, सूर्य सेन ओली, टोपबहादुर खनालसहितका छन् ।

१ सय ७५ थप दरबन्दी स्वीकृत गराइएको छ । यसरी एसपीमा ५५ जनासम्मले फुली थप्न सक्छन् । सशस्त्र मुख्यालयको एउटै कोठामा तीन जनासम्म एसपीहरु बसिरहेका छन् । कार्य, सीमा सुरक्षा, मानवस्रोततिर छिर्दा त्यस्तो देखिन्छ ।

नेपाल प्रहरीको तराईतिर बढीमा दुई डिएसपी हुन्छन् । सशस्त्रका भने पाँच–सात जना डिएसपी कामबिहीन भएका छन् । सशस्त्र प्रहरीले सीमा सुरक्षामा पछिल्लो पटक दरबन्दी कम भएको भन्दै थप्न सरकारसँग माग गरेको थियो ।

सरकारले पनि यो विषयमा सकारात्मक सिंग्नल दिइसकेको छ । सशस्त्र प्रहरीमा दरबन्दीकै विषयमा आइजीपीलाई छलेर आफ्नो तर्फबाट लविङ गरिरहेका प्रधानलाई सशस्त्र मूख्यालयले निगरानी गरिरहेको छ । ‘उहाँले आफ्नो हित हेर्न थाल्नु भयो, सशस्त्रमा आफ्नो करियर बनाउन आएकालाई लात हान्न खोज्नु भयो, एउटै पदमा १५ वर्षदेखि काम गरिरहेकाहरु अहिले पनि बढुवा हुने अवस्था छैन’, सशस्त्र प्रहरी मुख्यालय स्रोतले भन्यो ।

निरीक्षक पदमा सेवा प्रवेश गरेका प्रधान २०५९ सालमा नायव निरीक्षक(डिएसपी) भएका थिए । डिएसपी हुदा पोखरा बाहिनी र अधिकांश समय हेडक्वाटरमा बिताएका थिए । द्वन्दकालमा हेडक्वार्टरमा बसेका उनी २०६३ सालपछि सशस्त्र प्रहरी उपरीक्षक(एसपी)भएका प्रधान मोरङ, नवलपरासी सिमा सुरक्षा कार्यालय, ललितपुर,दक्षिणकाली गण र विशेष कार्यदल गण काठमाडौको कमाण्ड सम्हाल्ने भाग्यमानी डिआइजी हुन् ।

२०७१ सालमा सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक(एसएसपी)भएका प्रधान २०७६ साल माघ २२ गते सशस्त्र प्रहरी बलको नायव महानिरीक्षक (डिआइजी)भएका थिए । डिआइजी हुदा राष्ट्रिय सुरक्षा परिषद् र हाल चद्रौटा कपिलवस्तु नेपाल नम्बर ५ विन्ध्यावासिनी बाहिनी मुख्यालयको प्रमुखको सम्हालेर उनी एआइजीको लविङमा लागेका हुन् ।

प्रतिक्रिया