पत्रकारको पारिश्रमिक बढाउनुपर्छ : मन्त्री शर्मा

काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले श्रमजीवी पत्रकार ऐन कार्यान्वयन र मिडियाको सवलीकरण सँगसँगै अघि बढाउनुपर्ने बताएकी छन् ।
श्रमजीवी पत्रकारको न्यूनतम पारिश्रमिक निर्धारण समितिले गरेको सरोकारवालासँग गरेको अन्तक्रियामा मन्त्री शर्माले श्रमजीवी पत्रकार ऐन कार्यान्वायनमा केही चुनौती देखिए पनि यसको कार्यान्वयन अनिवार्य भएको बताएकी हुन् । यसका साथै मिडिया क्षेत्रका समस्या समाधान गरेर लैजानुपर्ने पनि उनले बताइन् ।
श्रमजीवी पत्रकार ऐनको समीक्षा गर्न सकिने तर कार्यान्वायन गर्न सकिदैन भन्न नहुने मन्त्री शर्माको धारणा थियो । उनले भनिन्, ‘कानुन निर्माणको क्रममा छलफल गर्न पाइन्छ, बनेका कानुन सही छैनन् भने समीक्षा गर्न पनि तयार हुनुपर्छ तर भएको कानुन कार्यान्वायन गर्न सक्दैन भन्न चाहि पाइदैन ।’
कामअनुसारको दाम पाउनुपर्ने मान्यतामा कुनै समस्या हुन नहुने उल्लेख गर्दै मन्त्री शर्माले श्रमजीवी पत्रकारको न्यूनतम पारिश्रमिक लागु गर्न सबै सरोकारवाला गम्भीरतापूर्वक लाग्नुपर्ने र सरकार त्यसमा सहजीकरण गर्न तयार रहेको बताइन् ।
श्रमजीवी पत्रकारले पाउने पारिश्रमिक सुनिश्चित गर्न सजिलो होस् भनेर नै सरकारले विज्ञापन बजारमा सुधार ल्याउन खोजेको बताइन् । सरकारी विज्ञापनमा पारदर्शिताको अभाव रहेको र विज्ञापनको ठूलो परिमाण बिचमै हराउने समस्या बढ्न थालेपछि विज्ञापन नियमावली संशोधन गरेर सरकारी निकायले भुक्तानी गरेको विज्ञापन रकम मिडियाले पाउने गरी नियम बनाउन थालिएको पनि मन्त्री शर्माले स्पष्ट गरिन् ।
कुनै पनि श्रमिकले न्यूनतम पारिश्रमक पाउनैपर्ने उल्लेख गर्दै मन्त्री शर्माले मिडिया क्षेत्रमा पनि त्यो अनिवार्य भएको बताइन् । नेपालमा सेवाको गुणस्तर निजीमा राम्रो तर पारिश्रमिक सरकारीमा राम्रो हुने विरोधाभाषपूर्ण अवस्थाको पनि अध्ययन गरी अन्त्य गर्नुपर्ने उनले बताइन् ।
‘विद्यालय, अस्पताल, मिडिया सबैतिर निजीले राम्रो सेवा प्रवाह गरिरहेका छन् तर त्यहाँ काम गर्ने श्रमिकको ज्याला न्यून र अपारदर्शी छ’ उनले भनिन् ‘तर, सरकारी क्षेत्रको सेवा सुविधा कमजोर छ, त्यहाँ कार्यरत श्रमिकहरुले बढी पारिश्रमिक पाउँछ, यसको तालमेल किन मिलिरहेको छैन, यसको पनि अध्ययन आवश्यक छ ।’
राजनीति र पत्रकारितामा प्रवेश उस्तैउस्तै देखिएको चर्चा गर्दै उनले भनिन् ‘पहिलेपहिले राजनीतिमा प्रवेश गर्न गाह्रो थियो, लामो समयको परीक्षणपछि मात्र सदस्यता प्राप्त हुन्थ्यो, अहिले जोकोही पनि छिर्ने हो, जेहोला भनेर राजनीतिमा लाग्ने गर्दछन् । पत्रकारितामा त्यस्तै अवस्था देखिन्छ, यसमा पनि सुधार ल्याउन आवश्यक छ ।’
हिजोका दिनमा मिसन पत्रकारिता गर्दा स्वयंसेवा बढी हुने भए पनि आजका दिनमा उद्योगको रुपमा स्थापित काम गर्ने पत्रकारहरुले उचित पारिश्रमिक पाउनुपर्ने र त्यसका लागि मिडिया सञ्चालकहरु पनि गम्भीर हुनुपर्ने उनले बताइन् ।
सञ्चार मन्त्रालय मूलतः नीति निर्माण गर्ने थलो भएकाले अहिलेसम्म बन्न नसकेका कानुन बनाउने र असान्दर्भिक देखिएका कानुनलाई परिमार्जन गर्नतिर जोड दिइरहेको पनि उनले बताइन् । सञ्चार क्षेत्रकै विज्ञहरुको रायपरापर्शमा केही मस्यौदा तयार हुने क्रममा रहेको जानकारी दिंदै मन्त्री शर्माले साउन महिनालाई कानुन निर्माणको महिनाको रुपमा अघि बढाउन थालेको पनि बताइन् ।










संविधानको अक्षर र मर्म दुवैको पालना गरेका छौँ : नेपाली सेना
इन्डोनेसियामा बस पल्टिँदा १६ जनाको मृत्यु
मुस्ताङमा हिउँ चितुवाको सर्वेक्षण सुरु
पार्टीको महाधिवेशन टार्ने प्रयास भइरहेको छ : महामन्त्री थापा
एमालेमा उपाध्यक्ष बादललाई दोस्रो वरीयतामा राखियो
रबि लामिछानेले बुझाए चार अदालतमा ५ कराेड २७ लाख धराैटी : पैसाको स्रोतबारे उठ्न थाल्याे प्रश्न
जेलबाट छुटेपछि रविले भने- हिसाब मिलाउन बाँकी नै छ, न्याय पाउन बाँकी नै छ
काठमाडौँ–१ बाट रवीन्द्र मिश्रसहित तीन जना उम्मेदवारकाे नाम सिफारिस
मधेशका मुख्यमन्त्री यादवलाई सिंगो प्रदेशसभाकै विश्वासको मत
प्रतिक्रिया