सोमबार, मंसिर ८, २०८२

समीक्षासँग विवाह गर्न तयार छुः आमेश भण्डारी

मेरोन्यूज २०८० असार १७ गते १५:४१

काठमाडौं । अभिनेता तथा गायक आमेश भण्डारीले गायिका समीक्षा अधिकारीसंग बिहे गर्न आफु तयार रहेका्े बताएका छन् । उनले टेलिभिजन कार्यक्रम ‘द प्रकाश सुवेदी शो’ मा उक्त कुरा बताएका हुन् ।

उनलाई कार्यक्रमका होस्ट प्रकाश सुवेदीले समीक्षाको परिवारले तपाइलाई माग्न आएमा तपाईको उत्तर के हुन्छ ? भनि प्रश्न गरेका थिए ।

जवाफ आमेशले यदि यसो भए आफु निकै भाग्यमानि हुने बताएका थिए । उनले भने, ‘म त हुन्छ भन्छु, मेरो उमेर नि भयो ।’

सुवेदीले उनकाे र समीक्षाकाे प्रेम चर्चाकाे वास्तिकाका बारे पनि साेधेका थिए । तर आमेशले आफुहरूबीच त्यस्ताे केहि नभएकाे मिल्ने साथी मात्र भएकाे बताएका थिए । उनले भने, ‘ उहाँ एकदमै राम्री मान्छे हाे मेराे जिवनमा आउनु भयाे भने निकै भाग्यमानी हुनेछु’ ।

आमेश ६ महिना अष्ट्रेलिया बसेर हालै मात्र स्वदेश फर्किएका हुन् । उनी अष्ट्रेलिया रहदा समिक्षासँग बनाएका टिकटक हेरेर दर्शकहरूले उनीहरू प्रेम सम्बन्धमा रहेकाे अड्कलबाजी गरिरहेका थिए ।

प्रतिक्रिया