एकै पालिकामा ५५ जना क्यान्सरका बिरामी
काठमाडौँ । झापाको हल्दिबारी गाउँपालिकामा ५५ जना क्यान्सरका बिरामी फेला परेका छन् ।
हल्दिबारीमा क्यान्सरका ५५ जना, किड्नी प्रत्यारोपण गरेका चार जना, डायलाइसिस गरिरहने १४ जना र मेरूदण्ड पक्षघातका बिरामी पाँच जना रहेका पालिकाको स्वास्थ्य शाखा प्रमुख पुष्कर निरौलाले जानकारी दिए ।
सरकारले क्यान्सर, डाइलोसिस, किड्नी प्रत्यारोपण र मेरूदण्डका पक्षघात भएका बिरामीलाई मासिक औषधि उपचार खर्च पाँच हजार रुपैयाँ दिने निर्णयअनुसार हालसम्म हल्दिबारीमा दर्ता भएका बिरामीहरुको संख्या ७८ जना पुगेको छ ।
स्वास्थ्य शाखाले दिएको तथ्यांकअनुसार वडा नं. १ मा १९ जना क्यान्सर, चार जना डायलाइसिस, दुई जना किड्नी प्रत्यारोपण र एक जना मेरुदण्ड पक्षघातका बिरामी छन् ।
वडा नं. २ मा १७ जना क्यान्सर, चार जना डायलाइसिस र एक जना मेरूदण्ड पक्षघातका बिरामी छन् । वडा नं. ३ मा पाँच जना क्यान्सर, तीन जना डायलाइसिस, एक जना किड्नी प्रत्यारोपण र एक जना मेरूदण्ड पक्षघातका बिरामी छन् ।
वडा नं. ४ मा चार जना क्यान्सर, दुई जना डायलाइसिस, एक जना किड्नी प्रत्यारोपण र एक जना मेरूदण्ड पक्षघातका बिरामी छन् । वडा नं. ५ मा १० जना क्यान्सर, एक जना डायलाइसिस, एक जना किड्नी प्रत्यारोपण र एक जना मेरूदण्ड पक्षघातका बिरामी छन् ।
















यही माघ १० देखि काठमाडौँ महानगरले सहिद सप्ताह सुरु गर्ने
चुनावी घोषणापत्रमा निजी क्षेत्रका एजेण्डालाई प्राथमिकता दिइयोस् :चन्द्रप्रसाद ढकाल
यस वर्षको एसईई परीक्षा चैत १९ गतेदेखि
स्वास्थ्य बिमा बोर्डको निमित्त कार्यकारी निर्देशकमा पौडेल
टी–२० विश्वकपका खेलस्थल सार्न बङ्गलादेशको अनुरोध आईसीसीद्वारा अस्वीकार
मलाई भाषण होइन, काम गर्ने मुड छ : बालेन
दुर्गा प्रसाईं पोखराबाट पक्राउ
नेकपाले टुंग्यायो सबै क्षेत्रका उम्मेदवार (सूचीसहित)
झापा ५ मा ओली र बालेन भिड्ने पक्का
रास्वपाले आशिका तामाङलाई दियो टिकट
प्रतिक्रिया